इक्यान शैक्षिक मेला सफल बनाउन सबैको साथ

छैटौं संस्करणको इक्यान शैक्षिक मेला मंसिर २६ गते बुधबारबाट पोखरा सभागृहमा हुँदैछ । मेलाका विषयमा केन्द्रित रहेर इक्यान कास्कीका उपाध्यक्ष तथा मेला संयोजक सन्दिप अर्यालसँग आर्थिक आवाजले गरेको कुराकानीः

मेलाको तयारी कस्तो छ ?
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजना र व्यवस्थानमा बुधबारबाट ‘इक्यान शैक्षिक मेला’ हुँदैछ । मेलालाई सफल बनाउन पोखराका सम्पूर्ण इक्यान सदस्यहरु सहित सम्पूर्णको साथ र सहयोग मिलेको छ । मंसिर २६ देखि २८ गतेसम्म पोखराको सभागृह हलमा हुुने मेलाका लागि आवश्यक सम्पूर्ण तयारी पुरा गरिसकेका छौं । अब हामी मेलाको उद्घाटनको प्रतिक्षामा छौं ।

मेलामा कति दर्शकको उपस्थिति रहने अनुमान छ ?
मेलामा विद्यार्थी तथा अभिभाबकहरुको उत्साहजनक सहभागिता रहनेमा हामी विश्वस्त छौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी तथा अभिभाबकका लागि मेला निकै उपयोगी हुनेछ । एकै थलोमा दर्जनभन्दा बढी देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिसँग भेट्ने अवसर मेलामा मिल्नेछ । यसपटकको मेलामा २५ हजार भन्दा बढी विद्यार्थी तथा अभिभावकको उपस्थिति रहने हाम्रो अनुमान छ ।

मेलालाई सफल बनाउन मूख्य साथ कसको छ ?
ब्रिटिस काउन्सिलको प्रस्तुतिमा यस पटकको मेला हुँदैछ । मेलाको टाइटल स्पोन्सरमा अष्ट्रेलियास्थित सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट, एसोसिएट पार्टनरमा हिमाअस एजुकेसन कन्सल्टेन्सी छन् । पावर्डबाईमा केआइइसी र कंगारु एजुकेसन फाउण्डेसन छन् । प्रोमोटेडबाईमा अष्ट्रेलियाका कलेजहरु प्यासिफिक कलेज अफ टेक्नोलजी, स्काई लाइन इन्टरनेशनल कलेज, भाइब कलेज र मिन्ट इन्टरनेशल कलेजले साथ दिएका छन् ।

अन्य प्रायोजक तथा सर्पोटरमा को–को छन् ?
सपोर्टेडबाइमा मिराकल इन्स्टिच्युज, द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी, जाइन्ट इजुकेशन, नमस्ते एजुकेशन इन्स्टिच्युट, एनमार्क एजुकेसन, टार्गेट इन्टरनेशनल एजुकेसन, इम्पल्स इन्स्टिच्युट, एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस, विकन प्रिमियर इन्टरनेशनल एजुकेसन र थर्डआई एजुकेसन छन् । बैकिङ पार्टनरमा सिद्धार्थ बैंक, प्रभु बैंक र सानिमा बैंक सहभागी भएका छन् । मेलाको होटल पार्टनरमा होटल लेक प्याराडाइजले साथ दिएको छ । ट्राभल पार्टनरमा यमवे टुर्स एण्ड ट्राभल्स छन् । मेलामा ७० वटा स्टल रहनेछन् ।

मेलामा कुन कुन देशका प्रतिनिधि सहभागी हुँदैछन् ?
अमेरिका, बेलायत, न्युजिल्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनलैण्ड, जर्मनी, डेनमार्क, फ्रान्स, जापान, भारत, चीन, बंगलादेश लगायतका देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधि मेलामा प्रत्यक्ष सहभागी हुनेछन् । सहभागी प्रतिनिधिलाई प्रत्यक्ष भेटेर विद्यार्थीले आफूलाई जान मन लागेको देश, त्यहाँका कलेज तथा विश्वविद्यालय, शैक्षिक भविष्य, सम्भावना र चुनौतिका विषयमा यथार्थ जानकारी लिन सकिनेछ ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...