इडेन्स एकेडेमीको १५ औँ वार्षिकोत्सव सम्पन्न

पोखरा, २६ माघ
इडेन्स एकेडेमी, पोखरा–१३, कमलपोखरी मार्गको १५ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम विभिन्न सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद प्रभा कोइरालाले निजी विद्यालयहरुले शिक्षामा ठुलो योगदान दिएको बताउदै इडेन्स एकेडेमीले पनि छोटो समयमा नै गुणस्तर शिक्षा प्रदान गर्दै आएको बताइन् । उनले आगामी दिनमा अझ विद्यार्थीहरुलाई सबै क्षेत्रहरुमा अब्बल बनाउन सुझाब दिए ।

विद्यालयका प्राचार्य राजीव उपाध्यायले विद्यालय प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्र्थीहरुलाई गुणस्तर शिक्षा दिनेमा कुनै कसर बाँकी नराखिने बताए । कार्यक्रममा शैक्षिक सत्र २०७४ मा उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । विद्यालयमा एक दशक भन्दा लामो समय सम्म कार्यरत शिक्षकहरु अनिल गुरुङ्ग, ऋतु गुरुङ्ग र तारा गुरुङ्गलाई दीर्घ सेवा सम्मानबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा प्याब्सन कास्कीका उपाध्यक्ष उमा लामिछाने, पोखरा महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका सोमनाथ भण्डारी, पोखरा मल्टीमोडल क्याम्पसका क्याम्पस प्रमुख कृष्ण बहादुर के.सी, बाल प्रभात बोर्डिङ्ग स्कूलका प्राचार्य डिल्लिराम अर्याल, कमलपोखरी टोल विकास सस्थाक एवं विद्यालय व्यवस्थापन समितिका सल्लाहाकार इन्द्र बहादुर गरुङ, अभिभावक शितला क्षेत्री लगायतले शुभकामना दिएका थिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष गौरी देवि बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा प्रश्ना गुरुङले शुभकामना र कार्यक्रम सञ्चालन विद्यालयकी शिक्षिका कृष्ण कुमारी आचार्य सञ्चालन गरेकी छन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.