इन्जिनियरिङ अध्यापनमा अब्बल पोखरा इन्जिनियरिङ कलेज

रविना ढकाल ।
पोखरा ।
नेपालमा विकास निर्माणका कामले प्राथमिकता पाएसँगै इन्जिनियरिङ शिक्षाको महत्व पनि बढदै गएको छ । धेरै अवसर प्राप्त हुने र बेरोजगार बस्नु नपर्ने भएकाले इन्जिनियरिङ अध्ययनमा विद्यार्थीहरुको आकर्षण देखिन्छ । प्राविधिक शिक्षामा विद्यार्थीको बढ्दो आकर्षणका पछाडि पोखरा इन्जिनियरिङ कलेजको सकारात्मक भूमिका रहेको पाइन्छ ।
इन्जिनियरिङ अध्ययनको महत्वलाई यस कलेजले सन् १९९९ देखि नै उजागार गर्दै आएको छ । सन् १९९९ मा पोखरामा स्थापना भएको पोखरा इन्जिनियरिङ कलेजले पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर ४ वर्षे बि.ई. सिभिल, बि.ई.कम्प्युटर र ५ वर्षे ब्याचलर अफ आर्किटेक्चर (बि. आर्क) कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । सिटिइभिटीको सम्बन्धनमा एस.ई.ई. पश्चात् पढाइने ३ वर्षे डिप्लोमा (ओभरसियर) मा सिभिल र कम्प्युटर विषयका साथै १८ महिने टिए.सए.ल.सी. सिभिल विषयको अध्यापन पनि गराइन्छ । बेलुकीको कार्यक्रममा पोखरा विश्वविद्यालय अन्तर्गत स्नातकोत्तर तहमा दुई वर्षे एम.एस्सी. कन्सट्रक्सन म्यानेजमेन्ट विषयको अध्यापन गराउदै आइरहेको छ ।
यस कलेजमा इन्जिनियरिङ अध्ययन गर्नका लागि पोखराबाट मात्र नभई देशभरबाट विद्यार्थी आउने गर्दछन् । प्रयोगात्मक प्राविधिक शिक्षाका साथै दक्ष जनशक्ति उत्पादन गरेर इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थी विकास निर्माणका संवाहक हुन भनेरसमेत कलेजले आफ्नो परिचय स्थापित गराउन सफल भएको बताउँछन् प्रिन्सिपल इन्जिनियर लेखबहादुर गुरुङ । आइटी विश्वव्यापी रुपमा नै लोकप्रिय रहेको विषय हो । त्यससँगै सिभिल र आर्किटेक्चरको माग पनि राम्रो छ । ‘अहिले धेरै चाप सिभिल ईन्जिनियर अध्ययन गर्नेहरुको छ,’ गुरुङले भने ।

 

शान्ति स्थापनासँगै राजनीतिक स्थिरता भएमा र संघीयताको ढाँचामा राज्य व्यवस्था गएको वर्तमान परिप्रेक्षमा विकासका काम अगाडि बढ्ने धेरैको विश्वास छ । मुलुकले विकासको पथमा पाइला अगाडि बढाउँदा ठुला ठुला संरचना निर्माण हुने क्रम बढिरहेको र आगामी दिनमा अझै बढ्दै जाने विश्वास गर्न सकिन्छ । यही अवस्थामा आवश्यक जनशक्ति पुग्ने अवस्था छैन । जसका लागि इन्जिनियरिङ अध्ययन गरेका विद्यार्थीहरुको माग अझ बढी हुने गुरुङले विश्वास व्यक्त गरे । ‘अहिलेसम्म उत्पादन भएका मध्ये अत्यधिक दक्ष जनशक्ति विदेश पलायन भएका छन् । त्यसैले पनि अबका दिनमा अध्ययन सकेका विद्यार्थीलाई नेपालमा नै राम्रो अवसर छ । हरेक क्षेत्रमा इन्जिनियरहरुको माग छ, बेरोजगार बस्नुपर्दैन,’ उनले भने ।

 

कलेजले आर्किटेक्ट अध्ययनको सुरुवात २०१७ बाट गरेको हो । प्लानिङ तथा डिजाइन आर्किटेक्चरले गर्छन् र त्यसको स्ट्रक्चर सिभिल इन्जिनियरले गर्छन् । त्यसैले आर्किटेक्ट अध्ययन गर्ने विद्यार्थीहरुका लागि राम्रो अवसर रहेको बताउँछन् प्रशासकीय अधिकृत चिजकाजी गुरुङ । ‘स्थानीय तह तथा प्रदेश सरकारले आर्किटेक्टले डिजाइन गर्ने, सिभिलले हेर्ने र स्ट्रक्चरले स्ट्रक्चर हेर्ने खालको नीति नियम बनाउँदैछन्,’ उनले भने, ‘यस्तो भएमा टाउन प्लानिङ हुन्छ र विकास निर्माणका काम पनि राम्रोसँग हुन्छ।’ अझ पनि कतिपय अवस्थामा सिभिलले नै सबै काम गर्ने गरेका छन् । नियम कडाइका साथ लागु भएको खण्डमा जसरी स्ट्रक्चर इन्जिनियरको हस्ताक्षर नभई स्ट्रक्चर पार्टका काम हुँदैनन् त्यसै गरी आर्किटेक्टको हस्ताक्ष बिना नक्सा पास हुँदैन । ‘पोखरामा आर्किटेक्चर अध्यापन गराउने हामी पहिलो कलेज हो,’ उनले भने, ‘अहिलेसम्म पनि आर्किटेक्चर अन्त संचालन भएको छैन ।’

 

पोखरा इन्जिनियरिङ कलेजमा विद्यार्थीको आकर्षण राम्रो रहेको भाइस प्रिन्सिपल आ. रोजना जोशीले बताइन् । ‘सिभिल इन्जिनियरिङको २ सेक्सन छ । आर्किटेक्टको १ र कम्प्युटरको पनि १ सेक्सनमा पढाइ भइरहेको छ,’ उनले भनिन् । दक्ष तथा अनुभवी प्राध्यापकबाट अध्यापन गराउँदै आइरहेकाले कलेजमा विद्यार्थीहरुको आकर्षण वर्षेनी बढिरहेको उनको भनाइ छ । ‘हामीसँग धेरै फुल टाइमर प्राध्यापक हुनुहुन्छ । केही पार्ट टाइमर र आफ्नो कन्सल्टेन्सी चलाएका फ्रिलेन्सर पनि हुनुहुन्छ,’ उनले भनिन्, ‘हामी अनुभवी र सशक्त टिम छौं ।’ प्राविधिक शिक्षा भएकाले कलेजमा प्रयाप्त ल्याबको व्यवस्था गरिएको जोशीले जानकारी दिइन् । ‘आवश्यकता अनुसार हामीले अत्याधुनिक ल्याबसहित आवश्यक सबै भौतिक पूर्वाधारकोे व्यवस्था गरेका छौं,’ उनले भनिन्, ‘पारिवारिक वातावरणमा पूर्ण प्राविधिक शिक्षाका लागि हामी अग्रणी छौं । प्रशस्त मात्रामा फिल्ड ट्रिप पनि गराइन्छ ।’ कलेजमा आर्किटेक्चरको विभागीय प्रमुखमा आ.पद्युम्न अधिकारी, सिभिल इन्जिनियरिङको विभागीय प्रमुखमा ई. बिमल भण्डारी, कम्प्युटर इन्जिनियरिङको विभागीय प्रमुखमा ई.सुरज बसन्त तुलाचन, डिप्लोमा कोअर्डिनेटरमा ई. अनुज शेरचन रहेका छन् भने स्नातकोत्तर कार्यक्रमका संयोजक ई. सोम गुरुङ छन् । त्यसैगरी आर. एण्ड डि. प्रमुखमा ई. सरोज गिरी, लियजन अफिसरमा ई. याम थापा र अतिरिक्त क्रियाकलाप विभागका संयोजकमा ई. अर्जुन पौडेल छन् । उनीहरू सबै अनुभवी र धेरैजसो विदेशमा अध्यन गरेर आएका छन् ।

 

कलेजले फिल्ड भिजिटलाई प्राथमिकता दिने गरेको प्रिन्सिपल गुरुङले जानकारी दिए । ‘ विद्यार्थीका प्रोजेक्टहरुलाई एक्स्पोज गर्नका लागि समय समयमा इन्जिनियरिङ एक्स्पो गर्दै आइरहेका छौं,’ उनले भने । विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापका लागि कलेजले छुट्टै विभागको व्यवस्था गरेको छ । पाठ्यक्रम बाहेक रिसर्च कार्यलाई रिसर्च एण्ड डेभलपमेन्ट विभाग मार्फत प्रोत्साहन गरिरहेको प्रिन्सिपल गुरुङ बताउँछन् ।
You might also like

Comments are closed.