इन्फोटेकमा आइटी शिक्षामा केन्द्रित परामर्श दिन्छौं : टि.आर. काफ्ले

टि.आर. काफ्ले
निर्देशक
कंगारु एजुकेशन फाउण्डेसन

अष्ट्रेलिया, न्युजिल्याण्ड, अमेरिका र पोल्याण्ड, डेनमार्क, आयरल्याण्ड लगायतका युरोपियन मुलुकमा अध्ययनको लागि जान चाहने विद्यार्थीलाई हामीले पारमर्श दिदै आएका छौं । आइएलटिएसको कक्षा पनि सञ्चालन भइरहेको छ । आयल्समा हामीले केही छुटका अफर पनि ल्याएका छौं ।

पोखराको चिप्लेढुंगामा रहेको सेलवेज टावरको पाचौं तलामा हाम्रो कार्यालय छ । हामीले धेरै विद्यार्थी र अभिभावकलाई सन्तुष्ट बनाएका छौं । हाम्रो कामबाट उहाँहरु सन्तुष्ट हुनुहुन्छ । विद्यार्थी हाम्रो लागि गहना हुन् । हामीले त्यसैअनुसार काम गर्दै आइरहेका छौं । विद्यार्थीको पैसा अनावश्यक रुपमा हामी खर्च गर्दैनौं । हामीबाट विद्यार्थी ठगिने भन्ने सम्भावना नै हुँदैन । विद्यार्थी स्तरिय शिक्षा अध्ययन गर्न चाहन्छन् । कामको अवस्था कस्तो छ, सुरक्षा व्यवस्था कस्तो छ भन्ने कुरा पनि विद्यार्थीलाई थाहा हुनुपर्छ । भिजा लागिसकेपछि अष्ट्रेलियामा कसरी पढ्न सकिन्छ र विदेशी शिक्षा कस्तो हुन्छ भन्ने कुरा पनि सिकाउछौं ।

क्यान इन्फोटेकमा हाम्रो इन्फोमेटिक बुकलेट पनि छ । प्रस्पेक्टस २०१८ पनि हामीले बजारमा ल्याइसकेका छौं । यसबाट पनि विद्यार्थी तथा अभिभावकले धेरै जानकारी प्राप्त गर्नुहुनेछ । अहिलेको समय भनेको आइटीको हो । विद्यार्थी यस क्षेत्रमा लक्षित भएको हामी पाउछौं । आइटीका धेरै विधा छन् । नेटवर्किङ, टेलिकम्युनिकेसन, इन्फरमेसन एण्ड कम्युनिकेसन टेक्नोलोजी यस क्षेत्रका प्रमुख विधा हुन् । बिजनेश इन्फरमेसन सिस्टम पनि लोकप्रिय बनेको छ । क्यान इन्फोटेकमा हामी यस्ता सिस्टमको वारेमा पनि विद्यार्थीलाई जानकारी दिनेछौं ।

कंगारु एजुकेशन फाउन्टेशनमा विदेशमा गएर उच्च शिक्षा अध्ययन गरेर आउनुभएका दक्ष तथा अनुभवी काउन्सिलर हुनुहुन्छ । हामीले सत्य तथ्य तथा यथार्थ जानकारी विद्यार्थी तथा अभिभावलाई दिदै आएका छौं । हाम्रो इमान्दारिताका कारण नै हामी सफल भएका हौं ।

हामीले विद्यार्थीलाई पोखराबाट काठमाडौं हुँदै सिड्नी पुग्दासम्म साथ दिन्छौं । अष्ट्रेलिया पुगेपछि आउने विभिन्न समस्या समाधानमा हामी विद्यार्थीलाई सहयोग गर्छांै । एयरपोर्ट पिकअप तथा अकोमोडेसनमा हामी सहयोग गर्छौं । विद्यार्थीमा पर्ने समस्या समाधानमा हाम्रो सिड्नी कार्यालयले अभिभावकीय भुमिका निर्वाह गर्दै आइरहेको छ ।

कंगारु विशुद्ध नेपाली कम्पनी हो । यसको नेटवर्क पनि ठुलो छ । इन्फरमेसन पनि हामीसँग धेरै छ । विद्यार्थीले पढ्न सक्ने युनिभर्सिटी तथा कलेज हामीसँग छन् । विद्यार्थीको स्तर, रुची तथा क्षमता हेरेर हामी युनिभर्सिटी तथा कलेज छनोट गर्न भन्छौं । सस्तादेखि धेरै महंगा युनिर्भसिटी अष्ट्रेलियामा छन् ।

अष्ट्रेलियन सरकारले विद्यार्थीलाई विदाको समयमा पुरा समय काम गर्ने र पढाई हुँदा पार्ट टाइम काम गर्ने अनुमति दिएको छ । वर्षमा करिब ३ देखि ४ महिना विदा हुन्छ । विवाह भएको छ भने स्पाउसले पनि अष्ट्रेलिया जान पाउँछन् । समग्रमा हेर्दा नेपाली विद्यार्थीको लागि अष्ट्रेलिया उत्कृष्ट गन्तव्य बन्ने देखिन्छ । विद्यार्थीको क्रेज पनि यस देशप्रति बढिरहेको हामी पाउछौं ।

You might also like

Comments are closed.