इन्फोटेकमा नविनतम प्रविधि

सेवक क्षितिज
सहसचिव
क्यान महासंघ कास्की

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) कास्कीले डिजिकम क्यान इन्फोटेक आयोजना गरेको छ । फागुन ४ देखि ८ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित इन्फोटेकमा १ सय २० वटा स्टलछन् । सूचना तथा प्रविधि क्षेत्रमा भित्रिएका नविनतम प्रविधिलाई इन्फोटेकमा भित्र्याउन हामी सफल भएका छौं ।

इन्फोटेकमा बृहत सूचना प्रविधि प्रदर्शनी, आइसिटी कन्फरेन्स, प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, कलेज स्टरीय आइटी क्विज कन्टेस्ट, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी तथा अन्य आइसिटीसँग सम्बन्धित नविनतम गतिविधिहरु प्रदर्शनी, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं नविनतम प्रविधिका मोबाइलहरुको प्रदर्शनी एवं बिक्री वितरण गरिनेछ ।

इन्फोटेकका अवसरमा पुरानो ल्यापटपलाई उचित मूल्य दिएर साटफेर गर्ने व्यवस्थासमेत गरिएको छ । इन्फोटेकको करिब १ लाख दर्शकले अवलोकन गर्ने विश्वास लिएका छौं भने इन्फोटेकबाट बचत रकमलाई बिगतका वर्षहरुमा जस्तै सूचना तथा प्रविधिको विकासका क्षेत्रमा खर्च गरिनेछ ।

You might also like

Comments are closed.