इन्फोटेक सफल बनाउन उत्साहजक साथ

राजेन्द्र तिवारी
कोषाध्यक्ष
क्यान महासंघ कास्की

क्यान महासंघ कास्कीले वर्षेनी आयोजना गर्दै आइरहेको क्यान इन्फोटेकलाई हामीले निरन्तता दिइरहेका छौं । सूचना तथा प्रविधि क्षेत्रमा अपडेट हुन चाहनेहरुका लागि यो इन्फोटेक महत्वपूर्ण प्लेटफर्म बन्न सकेको हामीले महसुस गरेका छौं । २०६६ मा सुरु भएको इन्फोटेकलाई मोफसलमा रहेर पनि नवौं संस्करणसम्म वर्षेनी निरन्तरता दिनसक्नु नै हाम्रो सफलता हो । देश संघीयतामा गइसकेको परिवेशमा पोखरा प्रदेश ४ को केन्द्र बनेको छ । अबको परिस्थितिमा क्यान कास्कीको भूमिका र इन्फोटेकको महत्व अझै बढेको हामीले महसुस गरेका छौं ।

नवौं संस्करणसम्म आइपुग्दा आर्थिक व्यवस्थापन गरेर इन्फोटेक सफल पारिरहेका छौं । इन्फोटेक सफल बनाउनका लागि सुरुका वर्षहरुमा प्रायोजकहरु पाउन नै समस्या थियो भने पछिल्लो समयमा इन्फोटेकको लोकप्रियता बढेसँगै सहकार्य गर्ने संस्थाहरु पनि बढिरहेको पाएका छौं । यस वर्ष पनि उत्साहजनक रुपमा प्रायोजकहरुको साथ पाएका छौं ।

यस पटकको इन्फोटेकमा मुख्य प्रायोजन डिजी कमले गरेको छ भने इन एसोसिएस विथमा नेटिस, पावर्ड बाईमा के सेभेन र म्याक्याफी एन्टीभाइरस छन् । सपोर्टेट बाईमा कङगारु एजुकेशन फाउण्डेसन, डाइमण्ड स्पोन्सरमा डेल, एडिम्याक्स र क्यानोन, गोल्ड स्पोन्सरमा एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस, सिल्भर स्पोन्सरमा इन्सर्च इन्टरनेशनल इन्स्टिच्युट र एक्सेस एजुकेशन नेटवर्क छन् । बैंकिङ पार्टनरमा सनराइज बैंक, प्रिन्टिङ पार्टनरमा कोनिका मिनोल्टा, इन्टरनेट पार्टनरमा टेक माइन्ड्स नेटवर्क, पेमेन्ट पार्टनरमा आइपे, इन्स्योरेन्स पार्टनरमा नेको इन्स्योरेन्स, आइटी पार्टनरमा वेभसफ्ट, हस्पिटालिटी पार्टनरमा कुटी रिसोर्टले साथ दिएको छ ।

You might also like

Comments are closed.