इन्फोम्याटिक्स कलेज पोखराका विद्यार्थी दीक्षित

आर्थिक आवाज
पोखरा, २४ मंसिर ।

लण्डन मेट्रोपोलिटन विश्व्विद्यालयको सम्बन्धनमा पोखरामा सञ्चालन भएको इन्फोम्याटिक्स कलेज पोखराका सूचना प्रविधि अन्तर्गत बिएस्सी अनर्स कप्युटिङका विद्यार्थी दीक्षित भएका छन् । ६१ जना विद्यार्थी दीक्षित भएको कलेजले जनाएको छ ।

विश्वविद्यालयका प्रोे भाइस चान्सलर प्रा. डोमेनिक पाल्मर ब्राउनले विद्यार्थीलाई दिक्षान्त प्रमाणपत्र प्रदान गरेका छन् । पोखरामा पहिलोपटक आयोजना गरिएको दिक्षान्त समारोहमा बोल्दै पाल्मरले रमणीय शहरमा आयोजना गरिएको समारोहमा आफूउपस्थित हुँदा खुसी भएको बताउँदै दीक्षित विद्यार्थीले आफ्नो जीवनको नयाँ बाटो पहिचान गर्न सफल भएको बताए ।


कलेजका अध्यक्ष एवं इनोभेट नेपाल ग्रुपका अध्यक्ष शुलभ बुढोथाकीले रोजगार सहितको विश्वस्तरीय शिक्षामा अब्बल रहन सफल कलेजले विद्यार्थीका लागि थप शैक्षिक योजना निर्माण गरिरहेको बताए । ‘तपाईंहरुले यो कलेजमा अध्ययन गरी सूचना र प्रविधि शिक्षामा फड्को मार्न सफल हुनुभएको छ,’ उनले भने ।

कार्यक्रममा कलेजका कार्यकारी निर्देशक अभिनव दाहाल, विश्वविद्यालयका स्कुल अफ कम्प्युटिङ एन्ड डिजिटल मिडियाका एसोसियट डिन डा. भेनकेन्ट हार्गी र कलेजका प्रबन्ध निर्देशक प्रधुम्न केसीले दीक्षित विद्यार्थीलाई शुभकामना दिएका थिए ।

You might also like

Comments are closed.