इन्सर्चबाट न्युजिल्याण्डलाई फोकस गरेका छौं : विजय अधिकारी

विजय अधिकारी
निर्देशक
इन्सर्च इन्टरनेशनल इन्स्टिच्युट, पोखरा

पोखराको सिद्धार्थचोकमा रहेको इन्सर्च इन्टरनेशनल इन्स्टिच्युटले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई उत्कृष्ट परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । विशेषगरी हामीले न्युजिल्याण्ड, अष्ट्रेलिया र क्यानडालाई लक्षित गरी सेवा प्रदान गरिरहेका छौं । अझ बढी न्युजिल्याण्डलाई फोकस गरेका छौं ।

यस कम्पनी इएनजी, आइसिइएफ, क्युइएसी, सिसिसी, सिसिजीबाट सर्भिफाइड छ । यस कम्पनीले न्युजिल्याण्डका उत्कृष्ट सरकारी युनिभर्सिटी तथा कलेजहरुलाई लक्षित गरेर परामर्श दिइरहेको छ । क्यानडाका लागि समेत सिसिजी ग्राजुएट एजेन्ट हामीसँग हुनुहुन्छ । अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि पनि हामीले उत्कृष्ट तथा सही परामर्श प्रदान गर्न सफल छौं । लामो समय परामर्श क्षेत्रमा अनुभव हासिल गरेका दक्ष काउन्सिलरहरुबाट हामीले सत्य, तथ्य परामर्श विद्यार्थी र विद्यार्थीका अभिभावकलाई दिन सफल छौं । हाम्रो उत्कृष्ट सेवाबाट नै विद्यार्थीहरु इन्सर्चमा परामर्शका लागि आउने क्रम बढेको छ ।

सन् १९५३ मा न्युजिल्यान्ड नागरिक सर एड्मन हिलारी सर्वोच्च शिखर सगरमाथामा पहिलो पाइला राखेसँगै नेपाल र न्युजिल्यान्डबिचको सम्बन्ध सुमधुर मानिन्छ । सन् २०१४ बाट नेपाली विद्यार्थीका लागि न्युजिल्याण्ड विशेष गन्तव्य स्थान बनेको छ । कस्तो प्रोफाइल भएको विद्यार्थी त्यहाँ पढ्न जान योग्य मानिन्छ अथवा भिजा पाउन के–के प्रक्रिया पुरा गर्न हामी विद्यार्थीलाई सिकाउँछौं ।

यसैगरी क्यान महासंघ कास्कीले आयोजना गरेको क्यान इन्फोटेकमा पनि हामीले सहकार्य गरेका छौं । यहाँ आउने विद्यार्थीलाई पनि हामी परामर्श सेवा प्रदान गर्नेछौं ।

You might also like

Comments are closed.