इमान्दार ट्याक्सी चालक, जसले फिर्ता गरे २ लाख ५० हजार

काठमाडौं । आफ्नो भाडाको ट्याक्सीमा छुटेको ग्राहकको नगद २ लाख ५० हजार एक जना ट्याक्सी चालकले सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सुन्धारा सिभिल मलबाट न्यूरोडसम्म जाने क्रममा भाडा कारमा छुटेको नगद बा २ ज ४१५५ नम्बरको भाडाकार चालक कुल वहादुर श्रेष्ठले महाशाखामा बुझाएका थिए ।

सो रकम प्रहरी उपरीक्षक रविकुमार पौडेलले सम्बन्धित धनीलाई बुझाएका छन् ।

You might also like

Comments are closed.