इलेक्ट्रिक कार म्यापल ३० एक्स लन्च, कारको मूल्य ९ हजार ७७८ डलर

काठमाडौं । चीनको अटोमोबाइल बजारमा इलेक्ट्रिक कार म्यापल ३० एक्स लन्च भएको छ । कम्पनीले सो इलेक्ट्रिक क्रसओभर फेङसेङ अटोमोटिभको नामक कम्पनीले लन्च गरेको हो । सो कारको मूल्य ९ हजार ७७८ डलर अर्थात करिव रुपैयाँ तोकिएको छ ।

यो ४ मिटर भन्दा कम सब–कम्प्याक्ट क्रसओभर कार हो । सो सेगमेन्टको कार विश्वभर निकै लोकप्रिय रहदै आएको छ । सो कार ४ भेरिएन्ट र ५ रङमा उपलब्ध रहेको छ । यसमा भएको ड्युअल टोन अप्सन केही हदसम्म टाटा नेक्सनसँग मिल्दो जुल्दो छ ।

फेङसेङ म्यापल ३०एक्स इलेक्ट्रिक कारमा ९५ पीएसको इलेक्ट्रिक मोटर जडान गरिएको छ । कम्पनीका अनुसार सो कारले फुल चार्जमा ३०६ किलोमिटरको दुरी तय गर्छ । कारको ब्याट्री फास्ट चार्जिङको सुविधा पनि छ ।

फास्ट चार्जरबाट सो ब्याट्री ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुन्छ । सो कारमा एलईडी लाइट, फुल्ली डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टार, क्लाइमेट कन्ट्रोल, जीकेयूआइ इन्फोटेनमेन्ट सिस्टम र फ्ल्याट बटम स्टेयरिङ ह्विल फिचर रहेको छ । कारको टप भेरिएन्टमा सनरुफ पनि जडान गरिएको छ ।

चीनमा सो कारको बिक्री चाँडै हुनेछ । म्यापल ३० एक्सको ग्रिलदेखि हेडल्याम्प र बोनटसम्म सबै टाटा नेक्सन फेसलिफ्ट जस्तो रहेको छ । टाटा नेक्सन भारतमा सबैभन्दा सस्तो ईभी हो ।

You might also like

Comments are closed.