पोखरा ।
पोखरेली युवाहरुले पनि सरकारबिरुद्ध अनसन शुरु गरेका छन् । ईनफ ईज ईनफ भन्दै काठमाडौंमा शुरु गरेको सत्याग्रहको सातौं दिनमा पोखरेली युवाहरुले पोखराको मुस्ताङचोकमा अनसन शुरु गरेका हुन् । काठमाडौंमा शुरु गरेको सत्याग्रहको सातौं दिन पोखरामा १० जना स्वतन्त्र युवाहरुले विहीबार ७ घण्टे अनसन बसेका हुन् । सत्याग्रहको सातौं दिन ७ घण्टा अनसनमा बसेका छौं,‘अनसनमा बसेका युवा वरदान लामा ताङ्बेले भने,‘अब काठमाडौंको अनसन जति दिनमा पुग्छ त्यति नै घण्टा दैनिक रुपमा अब हामी अनसनमा बस्छौं ।’ उनले अनसनस्थल फेरबदल गर्दै बस्ने बताए ।
काठमाडौंमा शुरु भएको सत्याग्रहलाई निश्कर्षमा पु¥याउनका लागि दवाब दिन आफूहरुले पोखरामा अनसन शुरु गरेको ताङ्बेले बताए । युवाहरु चुप लागेर बस्दा देश बर्बाद हुन लागेको भन्दै उनले भने,‘अबपनि यो पार्टी र उ पार्टी, यसले गर्छ र उसले गर्छ भन्यौं भने देश नै रहन्न, त्यतिबेला पछुताउनु भन्दा अहिल्यै सुधारका लागि अनसन बसेका हौं ।’
ईनफ ईज ईनफले कोरोना परिक्षणमा शत प्रतिशत पिसीआर गर्न, आरडिटी परिक्षण बन्द गर्न, क्वारेन्टिन ब्यबस्थित पार्नलगायतका माग गर्दै देशभर आन्दोलित छ ।




Comments are closed.