ईन्जिनियर्सको खुला कार्यपत्र प्रस्तुतिकरण प्रतियोगिता सम्पन्न

पोखरा, २० माघ ।
ईलेक्ट्रिकल र्ईन्जिनियर्स एशोसियसन नेपालको आयोजनामा प्रथम खुला कार्यपत्र प्रस्तुतिकरण प्रतियोगिता हालै सम्पन्न भएको छ ।
उर्जा क्षेत्रमा भएका नयाँ खोज र अनुसन्धानलाई उजागर गर्ने उद्देश्यका साथ पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखरामा सम्पन्न एक दिने उक्त प्रतियोगितामा पश्चिमाञ्चल क्याम्पस र पोखरा विश्वबिद्यालयबाट पन्ध्र प्रतियोगि टीमले सहभागिता जनाएका थिए ।

एउटा टीममा एक देखि तिन जनासम्म ईन्जिनियरिङ बिद्याथी समावेश रहेका थिए भने कार्यक्रममा करीव दुईसय जना ईन्जिनियर र ईन्जिनियरिङ बिद्यार्थीहरुको उपस्थिति रहेको थियो । डा बसन्त कुमार गौतम संयोजक रहेको तिन सदस्यीय निर्णायक मण्डलमा ई.कैलाश पन्थ र ई. तोयानाथ रेग्मी सदस्य रहेका थिए ।

प्रतियोगितामा क्षितिज अर्यालले प्रथम स्थान हासिल गरि १० हजार नगद र प्रमाणपत्र पत्र प्राप्त गरेका थिए । यसै गरि लोकेश आचार्य, प्रियङ्का कार्की र सोनी कार्कीको समुहले द्धितिय स्थान हासिल गरि नगद छ हजार सहित प्रमाणपत्र हात पारेका थिए भने सान्तवना पुरस्कार प्राप्त गर्नेमा अन्जन अधिकारी र सुजन पौडेलको समुह रहेको थियो ।

बिजेता टीमलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल ईन्जिनियर्स एशोसियशन पोखरा क्षेत्रका अध्यक्ष ई बिजेन्द्र के सी, इलेक्ट्रिकल ईन्जिनियर्स एशोसियशन नेपालका केन्द्रिय अध्यक्ष ई राजेन्द्र ढकाल, पश्मिाञ्चल क्याम्पसका सहायक क्याम्पस प्रमुख ई राजेश भट्टराई लगायतले पुरस्कार बितरण गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि के सीले इलेक्ट्रिकल ईन्जिनियर्ससँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताउदै यस किसिमको प्रतियोगिताले समग्र उर्जा क्षेत्रको बिकास र प्रबद्र्धनका लागि योगदान पुग्ने बिश्वास ब्यक्त गरे ।

एशोसियशनका अध्यक्ष ई राजेन्द्र ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पश्मिाञ्चल क्याम्पसका सहायक क्याम्पस प्रमुख ई राजेश भट्टराई, डा बसन्त गौतम, ई बाबुराम भण्डारी, लेखनाथ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बलराम ढकाल, कार्यक्रमका संयोजक ई बिसम बिनोद खनाल, सह संयोजक ई शैलशिखा ढकाल, एशोसियशनका सचिव ई राजु वाग्ले लगायतले यस प्रकारको कार्यले ईन्जिनियरिङ बिद्यार्थीहरुका लागि मात्र नभई उर्जा क्षेत्रमा ठुलो टेवा पुग्ने बिचार ब्यक्त गरेका थिए ।

You might also like

Comments are closed.