ईन्द्रेणीको अध्यक्षमा भानुभक्त अधिकारी

आर्थिक आवाज
पोखरा ,१४ पुस । पोखरा १ पुरानो टुडिखेलस्थित ईन्द्रेणी एकीकृत विकास केन्द्रको अध्यक्षमा भानुभक्त अधिकारी निर्वाचित भएका छन् । केन्द्रको शनिबार सम्पन्न विशेष साधारणसभाले अधिकारीको अध्यक्षतामा आगामि दुई वर्षका लागि ११ सदस्य कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । अधिकारी यस अघि समेत केन्द्रका अध्यक्ष भइसकेका थिए । उनको यो दोस्रो कार्यकाल हो ।

समितिको उपाध्यक्षमा गेहेन्द्रमान श्रेष्ठ, महासचिवमा चन्द्रराज श्रेष्ठ, सचिवमा विनाका शर्मा र कोषाध्यक्षमा नारायण आचार्य छन् । सदस्यहरुमा सावित्री अधिकारी, सुगममणि पराजुली, रुपक कोइराला, हिटलर घले र मोहन दवाडी छन् ।

यस अघि भेलाले केन्द्रको नयाँ कार्यसमिति चयनका लागि केन्द्रका संस्थापक अध्यक्ष राजेन्द्ररमण पराजुली संयोजक र केन्द्रका पुर्व अध्यक्षहरु रामविक्रम राणा, प्रेमरमण आर्चाय, विश्वगोपाल पराजुली र मनोरथ सापकोटा रहेको पाँच सदस्य समिति गठन गरेको थियो । नयाँ कार्यसमितिको लागि विभिन्न पदमा आकाक्षा गरेको सदस्यहरु मध्येबाट समितिले नाम चयन गदै नयाँ कार्यसमिति घोषणा गरिएको थियो ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...