ईन्द्रा क्षत्री स्मृति मानव मीलन नारी जागरण पुरस्कार दुर्गा अधिकारीलाई

पोखरा ९ पुस
मानव मीलन नारी जागरण नेपालद्वारा संस्थापक कोषाध्यक्ष ईन्द्रा क्षत्रीको स्मृतिमा स्थापित पुरस्कार रेडियो सफलता १०३.४ मेगाहर्जका प्रवन्ध निर्देशक दुर्गा अधिकारीलाई प्रदान गरिने भएको छ । प्रतिभा छनौट समितिको संयोजक सरस्वती गुरुङको संयोजकत्वमा बसेको बैठकले अधिकारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

मानव मीलन नारी जागरण नेपालद्वारा संस्थापक कोषाध्यक्ष ईन्द्रा क्षत्रीको स्मृतिमा स्थापित पुरस्कारको राशी नगद १० हजार ५ सय ५५ रुपैयाँ छ । पत्रकारिता र संचारको माध्यमबाट समाजमा पछाडि पारिएका वर्गको सशत्तीकरणमा योगदान पु¥याएको भन्दै अधिकारीलाई सम्मान गर्न लागिएको हो । स्वास्थ्य, शिक्षा र मानव सेवामा सर्मपित भएर संस्थाले विभिन्न गतिविधि गर्दै आएको छ । यस अघि संस्थाले विभिन्न क्षेत्रमा योगदान पु¥याएका महिलाहरुलाई सम्मान गरिसकेको छ ।

footwear exchange
You might also like

Comments are closed.