ईश्वरको नाममा सपथ लिए दीपक मनाङेले

आर्थिक आवाज
पोखरा, १४ माघ । मनाङबाट प्रदेश सभा सदस्यमा विजयी भएका दीपक मनाङे (राजिब गुरुङ)ले सोमबार साँझ सपथ लिएका छन् । उनलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सपथ खुवाएका हुन् । मनाङले ईश्वरको नाममा सपथ खाए ।

स्वतन्त्र उम्मेदवारी दिएका उनलाई तत्कालीन बाम गठबन्धनको समर्थन थियो । ज्यान मार्ने उद्योग सम्बन्धी मुद्धामा ८ महिना जेल बसेका मनाङेले थुनामुक्त भएपछि सपथ खुवाउन पाउ भनेर निवेदन दिएका थिए । सभामुखले लामो समयको परामर्श पछि उनलाई सपथ खुवाएका हुन् ।

You might also like

Comments are closed.