ई.अ.स पश्चिमाञ्चल क्याम्पसमा अन्रक्रिया

पोखरा,१७ माघ । त्रिवि. ई.अ.स पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखरामा इन्ट्रोडक्सन टु इलेक्ट्रोनिक नानो टेक्नोलोजी बिषयमा अन्तरक्रिया सम्पन्न भएको छ । उक्त कार्यक्रममा भारतको कोलकत्ता स्थित जोधपुर बिश्वबिद्यालयका प्राध्यापक तथा टेक्नोजोजीका प्रोफेसनलको बिश्वको नै ठुलो सस्था आइ.इ.इ इका पुर्व उपाध्यक्ष प्राध्यापकडा. चन्दनकुमार सरकारले नानो टेक्नोलोजी र त्रिवि भौतिकशास्त्र केन्द्रिय बिभागमा कार्यरत उपप्राध्यापकडा. सन्जु श्रेष्ठले लो डाइमेंशनल डिवाइसको बारेमा कार्यपत्र पेश गरेका थिए ।

पश्चिमाञ्चल क्याम्पसको रिसर्च म्यानेजमेन्ट युनिटले आयोजना गरेको उक्त कार्यक्रमको अध्यक्षता युनिटका संयोजक डा. कृष्णराज अधिकारीले गरेका थिए । उपस्थीत सबैलाई स्वागत पश्चिमाञ्चल क्याम्पसको सेन्टर फर स्पेस साइन्स का निर्देशक डा. कृष्णप्रसाद भण्डारीले गरे भने क्याम्पस प्रमुख रामप्रसाद पौडेलले धन्यबाद ज्ञापन गरेका थिए । ५० जनाको उपस्थीती रहेको कार्यक्रम सञ्चालन क्याम्पसका मेकानिकल बिभागका बिभागिय प्रमुख डा. प्रबिज जोशीले गरेका थिए ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...