उत्तमचोकमा खुल्यो साङयोङको शो–रुम

पोखरा, १२ फागुन

आइएमएस गु्रपको आधिकारिक विक्रेता साङयोङ मोटर्सले पोखराको उत्तमचोकमा शो–रुम खोलेको छ । साङयोङ मोटर्सले पोखरेली ग्राहकलाई लक्षित गर्दै पोखराको उत्तम चोकमा साङयोङ खरिद बिक्रीका लागि शो–रुम सञ्चालनमा ल्याएको हो । शो–रुमको आइतबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, मिस नेपाल २०१२ श्रृष्टी श्रेष्ठ, आएएमएस ग्रुपका अध्यक्ष दीपक मलहोत्रा, आइएमएस ग्रुपका सिइओ दीकेश मलहोत्रा, आइएमएस मोटर्सका निर्देशक विमल सावर्थियालगायतले सामुहिक रुपमा उद्घाटन गरे ।

यसअघी काठमाडौं र बुटवलमा यसले शाखा सञ्चालन गरिसकेको साङयोङ मोटर्सको यो तेश्रो शो–रुम हो । चितवन र विराटनगरमा पनि चाँडै नै शो–रुम खोल्ने तयारी गरिएको आएएमएस ग्रुपका अध्यक्ष दीपक मलहोत्राले बताए । साङयोङ मोटर्स कोरियन लक्जरी एस.यु.भी. ब्राण्डको दक्षिण एसियाकै चौथो ठूलो अटोमोवाइल निर्माण कम्पनी भएको उनले जानकारी दिए ।

कोरियामा निर्माण भएका यी कम्पनीका गाडीहरु अति नै लक्जरियस रहेको आई.एम.एस.मोटर्सका निर्देशक विमल सावर्थियाले जानकारी दिए । उनले साङयोङ मोटर्स उत्पादनमा एडभान्स टेक्नोलोजिको प्रयोग गरिनुका साथै ईञ्जिनको गुणस्तरमा विशेष ध्यान दिइने बताए । उनका अनुसार यी गाडीहरु विभिन्न मोडलमा छन् भने कारमा लाइनअप्स लक्जरी, एसयूभीएस, पिकअप ट्रक र एमपीभिएसलगायत रहेका छन् ।

निर्देशक सावर्थियाले शो–रुम उद्घाटनको अवसरमा कुनैपनि गाडी खरिदमा २ वर्षको निःशुल्क मेन्टेनेन्स, एक्सचेञ्जमा उत्कृष्ट भ्यालुएसन, फाइनान्सको सुविधा, रोड ट्याक्स फ्रि, ६० हजार किलोमिटरसम्म ३ वर्षे वारेन्टी, ५ वर्षसम्म फ्रि सर्भिसिङ, गाडीका पार्टहरु सहुलियत दरमा प्राप्त, अन्य आवश्यक उपकरणहरु निःशुल्क र प्रत्येक टेष्ट ड्राइभमा उपहार प्रदान गरिने बताए । त्यस्तै शो–रुम उद्घाटनको अवसरमा साङयोङ मोटर्सले ‘साङयोङ सुपर सेभिङ’ र ‘जेरो मेन्टेनेन्स मूल्य’ योजनासमेत पोखरेली ग्राहकका लागि भारी छुटका साथ दिइने उनले बताए ।

साङयोङका गाडीहरु मोडल अनुसार ६५ लाख ९९ हजारदेखी १ करोड ५४ लाख ९९ हजारसम्मको रहेको ग्रुपका सिइओ दीकेश मलहोत्राले जानकारी दिए ।

खर्च गर्ने ऐन, कानून र विधी निर्माण गर्दैछौं ः मन्त्री गुरुङ

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सरकारले खर्च गर्ने ऐन, कानून र विधी निर्माण गरिरहेको बताएका छन् । साङयोङ मोटर्सको पोखरा शो–रुमको आइतबार समुद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘वैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अभाव, पूँजीगत खर्च बढाउन नसकेकोलगायतका समस्या देखियो भन्ने गुनासो तपाईं उद्योगी व्यवसायीबाटै आएका छन्, हामी ति समस्या समाधानका लागि खर्च गर्ने ऐन, कानून र विधि निर्माण सरकारले गरिरहेको छ, अब छिट्टै यी समस्या समाधान हुन्छ ।’ उनले साङयोङका गाडीहरु लक्जरियस भएकाले पोखरेलीको रोजाइमा पर्ने विश्वाससमेत व्यक्त गरे ।

मन्त्री गुरुङले गण्डकी प्रदेशले पुँजी र प्रविधीलाई सँधै स्वागत गर्ने बताए । पूँजी र प्रविधिको माध्यमबाट उद्योग, कलकारखाना र व्यवसायको विस्तार गर्नेहरुलाई स्वागत गर्न प्रदेश सरकार सँधै तयार रहेको उनको भनाई थियो । पुँजी आर्जन गर्नका लागि उत्पादन गर्नुपर्ने र त्यो पुँजी चलायमान बनाउन खर्च गर्ने प्रवृत्तिको विकासपनि गर्नुपर्ने भन्दै उनले थपे,‘उत्पादन र उपभोग एक अर्कासँग अन्तरसम्बन्धित हुन्छन्, त्यसैले यो दुबै उत्तिकै आवश्यक छ ।’

आत्मर्निभर अर्थतन्त्रको विकास गर्न नसक्दासम्म व्यापार घाटा न्यूनिकरण गर्न नसकिने भन्दै उनले विश्वबजारसँग प्रतिस्पर्धा गर्ने अर्थतन्त्रको विकास गर्न देशभित्रै उत्पादन बृद्धि गर्नुपर्नेमा जोड दिए ।

You might also like

Comments are closed.