उत्तम गुरुङद्वारा एन्फा कास्कीलाई सहयोग

पोखरा, ६ चैत ।

पोखरेली न्युजका प्रबन्ध निर्देशक उत्तम गुरुङले कास्की जिल्ला फुटबल संघलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गरेका छन् । गुरुङले लुम्ले–९, लान्द्रुक कास्कीका आफ्ना हजुरबुवा विगलाल गुरुङको स्मृतिमा सहयोग हस्तान्तरण गरेका हुन् ।

आगामी बैशाखमा ईलाममा हुने माईभ्याली गोल्डकपमा सहभागिता जनाउने पोखराको टोलीको प्रवद्र्धनसँगै कास्की जिल्लाको फुटबल विकासका लागि कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङलाई उनले मंगलबार उक्त रकम बराबरको चेक प्रदान गरेका हुन् ।

संघका अध्यक्ष गुरुङले सहयोग रकम पोखराको फुटबल विकासमा खर्च गर्ने बताए । कास्की जिल्ला फुटबल संघले खेलाडीलाई व्यवसायिक रुपमा अनुबन्धन गर्दै आफनै टिम बनाउने घोषणा दोहोर्याउँदै त्यसको लागि विभिन्न कम्पनीसँग छलफल भईरहेको बताए । पोखराको टिमलाई बैंक तथा वित्तिय संस्थाले गर्ने प्रायोजन स्वरुप सम्बन्धीत संस्थाकै नामबाट प्रतियोगितामा सहभागिता जनाउने समेत उनको भनाई थियो । चेक हस्तान्तरण समारोहमा कास्की जिल्ला फुटबल संघका पदाधिकारी एवं कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

You might also like

Comments are closed.