‘उत्साह थप्न सहकार्य’

सरोज श्रेष्ठ
सञ्चालक, विश्वकर्मा अटोवक्स

मिस पोखरा स्थापित सौन्दर्य प्रतियोगिता हो । यसले नारी सशक्तीकरणमा भूमिका खेल्छ । त्यसैले यस्ता प्रतियोगिता सफल बनाउनु सबैको दायित्व हो । हामीले पनि महिलालाई अगाडि बढाउनुपर्छ, उनीहरुको काममा उत्साह थप्नुपर्छ भन्ने उद्देश्यले सहकार्य गरेका हौं । हाम्रो कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्य गर्दै आएका छौं । त्यस अन्तर्गत बौद्धिक क्षमता अभिबृद्धि गर्ने मिस पोखरालाई निरन्तरता दिन सघाउ पु¥याउनको लागि पनि हामीले प्रायोजन गरेका हौं ।

सामाजिक कार्य सँगसँगै कम्पनीको प्रोमोसनमा पनि यसले सघाउनेमा हामी ढुक्क छौं । किनकी स्थापित संस्थासँग सहकार्य गर्दा कम्पनीको पनि हाइट बढ्छ । यसले हाम्रो मार्केटिङमा सघाउनुका साथै यसको स्कुटर बिक्रीमा पनि बृद्धि ल्याउनेमा हामी विश्वस्त छौं । यस्ता सामाजिक कार्यलाई हामी निरन्तरता दिन्छौं ।

मिस पोखरा २०१८ को अन्तिम प्रतिस्पर्धा असोज २० गते शनिबार पोखरा सभागृहमा हुँदैछ ।

You might also like

Comments are closed.