उद्धघोण तथा नेतृत्व विकास तालिम सम्पन्न

२१ माघ पोखरा
स्याङजाको फेदीखोला गाउँपालिका रामकोट स्थायी घर भई हाल पोखराका विभिन्न स्थानमा बसोबास गर्ने रामकोटे चेलीबेटीहरुको आयोजनामा सञ्चालन भएको एकहप्ते उद्घोषण तथा नेतृत्व विकास तालिम आज सम्पन्न भएको छ ।
न्युरोड स्थित हिमालयन रिडर्सकर्नरको सभाहलमा एक सातासम्म सञ्चालन भएको तालिममा आमा दिदीबहिनीहरुले उद्घोषण कलासँगै नेतृत्व विकास सम्बन्धी तालिम लिएका थिए ।

jutta mela

रामकोट चेलीबेटीका सचिव सीता गुरुङको अध्यक्षतामा सम्पन्न भएको समापन समारोहमा तालिमका प्रशिक्षक एवं मादी न्युज डटकमका सम्पादक रोशनी गुरुङले आमा दिदीबहिनीहरुलाई प्रशिक्षण दिने मौका दिएकोमा आयोजकप्रति आभार व्यक्त गर्दै निरन्तरको अभ्यासले नै हरेक मानिस कुनै पनि क्षेत्रमा दक्ष हुने भन्दै आगमी दिनमा पनि निरन्तर अभ्यास गरिरहन आग्रह गरिन् ।

समापन समारोहमा प्रशिक्षार्थी शर्मिला गुरुङले तालिमबाट आफुहरुमा धेरै परिवर्तन आएको भन्दै तालिम एकदमै प्रभावकारी भएको बताइन । यस्तै अर्का प्रशिक्षार्थी शान्ति गुरुङले तालिमबाट आफुभित्र रहेको लाज र डर हटेको भन्दै कुनैपनि सभा समारोहमा निर्धक्कसँग आफनो कुरा राख्न सक्ने क्षमता आफुमा वृद्धि भएको बताइन्  ।  कार्यक्रम समापन गर्दै सभापति सीता गुरुङले तालिमबाट आफनो दिदीबहिनीहरु कुनैपनि कार्यक्रमहरु ढुक्कसँग बोल्न सक्ने क्षमताको विकास भएको भन्दै खुशी व्यक्त गरिन् ।

You might also like

Comments are closed.