उद्योगी विनोद चौधरीलाई कोरोना, सम्पर्कमा आएको भए सावधानी अपनाउन आग्रह

काठमाडौं । उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आफूलाई कोरोना पोजेटिभ रिपोर्ट देखिएको चौधरीले आफ्नो अफिसियल ट्विटर एकान्टबाटै पुष्टि गरे ।

शुक्रबार बिहान गरेको पीसीआर टेस्ट अनुसार कोरोनाको पोजेटिभ रिपोर्ट आएको उनले जानकारी गराएका छन् । ‘मसँग अहिलेसम्म कुनै लक्षणहरू देखिएका छैनन् । जे होस्, म आफैलाई डाक्टरको सल्लाह अनुसार अलग राखेको छु । जो कोही मसँग सम्पर्कमा आए कृपया सबै सम्भाव्य सावधानी अपनाउँनुहोस्,’ उनले भनेका छन् ।

You might also like

Comments are closed.