उन्नति सहकारी १० औँ वर्षमा

पोखरा, १६ जेठ ।

पोखरा लेखनाथ–९ नयाँबजारमा रहेको उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको १० औँ वर्षमा प्रवेश गरेको छ ।

संस्थाले वार्षिकोत्सवको अवसरमा वुधवार आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रमवाट ६० युनिट रगत संकलन भएको सहकारीका प्रवन्ध निर्देशक भगवान भट्टराईले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि वडा नं ९ का वडा अध्यक्ष रामराज लामिछानेले पहिलो रक्तदाता संस्थाका शेयर सदस्य वैकुण्ठ वराललाई व्लड व्याग हस्तान्तरण गरेर कार्यक्रम औपचारिक रुपमा शुभारम्भ गरे।

footwear

वडा अध्यक्ष लामिछानेले उन्नति सहकारीले आफ्नो नाम जस्तै सामाजिक उत्तरदायित्वका कार्यहरुमा पनि प्रगतिको शुभकामना व्यक्त गरे । वडा कार्यालयले वडाको समग्र विकासका लागि सवै पक्षहरुसँग सहकार्य गरेर अघि वढने बताए ।

सहकारीका अध्यक्ष पदमवन्धु पोखरेलले संस्थाले व्यवसायिक कारोवारसँगसँगै सामाजिक उत्तरदायित्वका कार्यहरुमा पनि सहभागि हुँदै आएको जानकारी दिए ।
कार्यक्रममा रक्तसंचारकेन्द्र पोखराका प्रमुख ध्रुवमणी लामिछाने तथा सहकारीका सचिव लेखनाथ अर्यालले पनि रक्तदानको महत्वको वारेमा प्रकाश पारेका थिए ।

You might also like

Comments are closed.