उपकारको वार्षिकोत्सवमा स्वास्थ्य सचेतना

पोखरा, १२ माघ ।
पोखरा महानगरपालिका वडा नं ६ स्थित उपकार बचत तथा ऋण सहकारी शनिवार स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ । संस्थाले १०औँ वार्षिकोत्सवको अवसर पारेर स्वास्थ्य सचेतना कार्यक्रम गरेको हो ।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रकी प्रशिक्षक शारदा पहारी, स्त्री रोग विशेषज्ञ डा। पद्यमराज ढुङ्गाना, मानसिक रोग विशेषज्ञ डा। रवि तिमिल्सिना र पेट तथा कलेजो विशेषज्ञ डा .सुवाष भट्टराईले स्वास्थ्य सम्वन्धि विविध विषयमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा सहकारीका शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम जेष्ठ नागरिक हरिकला पहारीको ब्लड प्रेसर नापेर उद्घाटन गरिएको थियो ।
उपकार बचत तथा ऋण सहकारी संस्था महिला उपसमिति संयोजक पवित्रा थापाको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य भागिरथी थापाले स्वागत र सहसचिव कृष्णकुमारी पौडेलले संचालन गरेकी थिईन् ।

You might also like

Comments are closed.