उपकार रेसिडेन्सीद्वारा खाद्यान्न सहयोग

पोखरा । ज्याला मजदुर गरी जीविकोपार्जन गर्ने ७ घर परिवारलाई उपकार रेसिडेन्सी पोखरा १२ लालिगुराँस टोलले खाद्यान्न सहयोग गरेको छ । टोलका अध्यक्ष दुर्गाबहादुर थापाको सक्रियतामा बिहीबार राहत वितरण गरिएको हो ।

पोखरा १२ का वडा सदस्य निर्मलबहादुर थापाले उनीहरुलाई राहत वितरण गरे । प्रतिपरिवार एक बोरा चामल, दाल २ केजी, तेल २ लिटर, नुन १ पोका, चिनी १ केजी, विस्कुट १ पोका सहयोग गरिएको अध्यक्ष थापाले जानकारी दिए ।

रेसिडेन्सीमा बसोबास गर्ने निर्माण व्यवसायी रिम बहादुर क्षत्री, कन्सल्टेन्सी व्यवसायी पूर्णबहादुर थापा मगर, अटो व्यवसायी गोपाल बहादुर ठकुरी, गृहिणी शान्ति गुरुङ, समाजसेवी सुमन गुरुङको पनि राहत वितरणमा उपस्थिति थियो ।

You might also like

Comments are closed.