उपचारको क्रममा बालकको मृत्यु भएपछि अस्पतालमा तनाब (भिडियोसहित)

पोखरा, २२ चैत । पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचारका क्रममा बालकको मृत्यु भएपछि तनाब भएको छ । पोखरा पस्र्याङका संगिता परियारका साढे २ वर्षका छोरा रोहित परियारको उपचारका क्रममा मृत्यु भएको थियो ।

ज्वरो आएपछि बालकलाई उपचारको लागि अस्पतालमा दुई दिन अगाडि परिवारले लगेका थिए । बालकको बिहीबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बिहान ६ बजे बच्चालाई इन्जेक्सन लगाएकोमा ८ बजे तिर बच्चाको मुत्यु भएको आफन्तले बताएका छन् । डाक्टरको लापरबाहीका कारण बच्चाको मृत्यु भएको भन्दै बच्चाका आफन्तले अस्पतालमा नाराबाजी गर्दै कारवाहीको माग गरेका छन् ।

You might also like

Comments are closed.