पोखरा । गण्डकी प्रदेश अन्तर्गतका कास्की, बागलुङ, नवलपरासी पूर्व र लमजुङमा भईरहेको उप-निर्वाचनमा अहिले मतदान जारी छ । सम्पूर्ण मतदान केन्द्रमा शान्त, सुरक्षित एवं सभ्य रुपमा संञ्चालन भईरहेको प्रहरीले जनाएको छ ।
कुनै कुनै मतदान केन्द्रको एरियामा छिटफुटका घटनाहरु घटेता पनि त्यसले मतदान प्रक्रियामा कुनैपनि प्रतिकुल असर नपारेको साथै कुनै हल्ला वा अफवाह पछि नलागि शान्तपूर्ण रुपमा सञ्चालन भईरहेको मतदान प्रक्रियामा सहभागी भई ढुक्क रुपले आफ्नो मताधिकार प्रयोग गर्न प्रहरीले मतदातालाई अनुरोध गरेको छ ।
कास्कीका ३ ठाउँमा बम विस्फोट भएपनि मानवीय क्षति भएको छैन ।
Comments are closed.