उपसमितिले गरेको निर्णय अदालतकै निर्णयजस्तै गरेर बद्नाम गर्न खोजियो ः उपप्रधानमन्त्री पोखरेल

पोखरा, २२ पुष
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखललरे व्यवस्था समेत परिवर्तन हुँदा सरकारले सोंचेजस्तो काम गर्न नसकेको बताएका छन् । प्रेस संगठन नेपाल कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले राजनीतिक परिवर्तनसँगै व्यवस्थासमेत परिवर्तन भएकाले त्यसलाई संस्थागत गर्न समय लाग्दा सरकारले सोंचेजस्तो काम गर्न नसकेको उनको भनाई थियो । उनले भने, ‘राजनीतिक परिवर्तनसँगै व्यवस्था परिवर्तन भयो, नयाँ व्यवस्थामा ऐन, कानूनहरु बनाउनुपर्ने भयो, हो त्यसैले हो सरकारले सोंचेजस्तो काम गर्न सकेको छैन ।’ उनले परिवर्तनलाई संस्थागत गर्ने संरचना र कानून अभावले देखिनेगरी काम गर्न नसकेको संकेत गरेका उनल हिजोको प्राणालीसंग गाँसिएका विषयहरु अहिले प्रतिस्थापन नहुँदासम्म अवस्था सहज नरहेको जिकिर गरे ।

उपप्रधानमन्त्री पोखरेलले वाइडबडी जहाज प्रकरणमा अनावश्यक हल्ला फैलाइएको दाबी गरे । लेखा समिति अन्तर्गतको उपसमितिले गरेको निर्णय लेखा समितिकै अन्तिम निर्णय जसरी प्रचार गरिएको भन्दै यसमा राजनीतिक उद्धेश्य मिसिएको हुनसक्ने बताए । उनले भने,‘लेखा समितिको निर्णय अदालतको फैसला जसरी प्रचार गरिएको छ, यो कम्युनिस्ट पार्टीको सरकारलाई बद्नाम बनाउने उद्देश्यले प्रतिवेदन आएको भान हुन्छ, यदी त्यस्तो भए प्रतिवाद गरिन्छ ।’ सरकारलाई नै बद्नाम गराउने गरी प्रचार भएकाले सरकारले यसको सत्य तथ्य छानविनका लागि स्वतन्त्र आयोग बनाएको भन्दै उनले दोशी देखिए आफ्नो पार्टीको वा अरु कोही भनेर छुट नदिइने प्रष्ट्याए ।

नेकपा सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले संक्रमण कालको फाइदा उठाएर कम्युनिष्टको बदनाम गर्ने तत्व सल्बलाएको बताए । ‘अहिले बदनाम गरियो भने यसको नजिर नराम्रो बस्छ अनि यसैलाई देखाएर बषौंसम्म पेल्न पाइन्छ भन्ने उनीहरुको निस्कर्ष छ, हामी त्यस्तो हुन दिनेवाला छैनौं, राम्रो नगर्ने छुट हामीसँग छैन, उनले भने, ‘यस्तोबेला पार्टीको नेतृत्व देखि तल्लो तहका कार्यकर्ता सबैले बडो सम्हालिएर बोल्नुपर्छ, प्रतिकृया दिनुपर्छ र त्यस अनुरुपको ब्यबहार गर्नुपर्छ, नत्र हामी भित्रै विपक्षि खेल्छन् ।’

यसअघी शनिबार विहान नेकपा गण्डकीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले परिवर्तनको अनुभुति दिनेगरी सरकारले लय समात्न नसकेको स्विकारेका थिए । सरकार सञ्चान गर्ने पार्टी, नेता र वातावरण सबै अनुकुल हुँदाहुँदैपनि केही नमिलेको उनको भनाई थियो ।

सरकारको कामलाई गीतसंग तुलना गरेका उनले कम्पोज गर्ने मान्छे पनि राम्रो, गीत गाउने मान्छे पनि राम्रो र सबै राम्रो हुँदाहुँदैपनि लय नमिल्दा समस्या आएजस्तै भएको टिप्पणी गरे । ‘गाउने मान्छे पनि यत्तिकोले रामै्र गाउँछ भन्नेछ । बजाउने पनि राम्रै बजाउँछ ।गेडा(शब्द) पनि राम्रा छन् । तर के मिलेन, मिलेन’ उनले भने, ‘्गीत राम्रो सुनिएन लय मिलेन ।’मन्त्री पोखरेलले थपे, ‘यस्तो बेला एक थरीले गीत गाउने र बजाउने बेला हल्ला भयो भनेर बहाना पनि बनाउन सकिन्छ, अर्कोथरीले गीत राम्रो भए हल्ला गर्नेहरुले पनि राम्रो गीतले गर्दा चुप लाग्छ भन्न सक्छन्, अहिले सरकार सञ्चालनको क्रममा देखिएको यहि हो ।’

रक्षमन्त्री पोखरेलले टिकापुर घटनाका मुख्य दोशी मानिएका रेशम चौधरीलाई सपथ खुवाउने मार्ग प्रमुख प्रतिपक्षि दलले खोलिदिएको आरोप लगाए । ‘फौजदारी अभियोग लागेपछि सर्वजनिक ओहोदामा बस्न नमिल्ने र विदाई गर्नुपर्छ भन्ने तत्कालिन एमालेको अडान थियो,’ उनले भने‘त्यतिबेला पार्टी एकता नहुँदा हाम्रो भ्वाइस कमजोर बन्यो, अब अभियोग प्रमाणित हुनुपर्ने विषयमा सहमति भयो । अभियोग अदालतमा छ । उम्मेद्वारको हिसावले चुनाव लड्ने, चुनाव जित्ने, प्रमाणपत्र संसदमा आउने । यस्तो अवस्थामा संसदमा भएको समझदारी अनुरुप नै रेसम चौधरीलाई सपथ खुवाइएको हो, हामीलाई किन भनेर प्रश्न गर्ने विपक्षिले त्यतिबेला आफुले गरेको कर्मको विश्लेषण गरोस् ।’

You might also like

Comments are closed.