एआइविटीमा देखिएको समस्याप्रति इक्यान कास्कीको ध्यानाकर्षण (विज्ञप्तिसहित)

आर्थिक आवाज
पोखरा, १० फागुन । अष्ट्रेलियास्थित अष्ट्रेलिया इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी (एआइविटी) मा देखा परेको समस्याप्रति नेपाल शैक्षिक परामर्श संघ (क्यान) कास्कीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । संस्थाले शुक्रबार विज्ञप्ति जारी गरी कलेजलाई बन्द गरिदिने अष्ट्रेलियन क्वालिटि अथ्योरिटि (एएसक्युए)को निर्णयबाट उक्त कलेजमा अध्ययनरत नेपाली विद्यार्थीहरुमा पर्न गएको समस्या प्रति ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाल शैक्षिक परामर्श संघ (इक्यान) नेपालमा रहेर शैक्षिक परामर्श सेवा प्रदान गर्ने परामर्शदातृ संस्थाहरुको सबैभन्दा ठुलोे व्यावसायिक छाता संगठन भएकाले उल्लेखित र यस्ता प्रकृतिका समस्याहरु प्रति संस्थाको गम्भिर चिन्तन र चासो हुनु स्वाभाविक विषय हो,’ इक्यान कास्कीका अध्यक्ष भुवन क्षेत्रीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । हाल समस्याको रुपमा आएको एआइविटी कलेजसँग सम्वन्धित नेपाली विद्यार्थीहरुको अध्ययनको सुनिश्चितता एवं मान्यताका विषयमा, त्यसको समुचित समाधानका निमित्त नेपाल सरकार शिक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग समन्वय गरी आवश्यक पहलकदमी गरिसकिएको इक्यानले जनाएको छ । ‘समस्या समाधान नभएसम्म यसको निरन्तरता हुनेछ,’ विज्ञप्तिमा छ ।

इक्यानले यसका अतिरिक्त नेपालस्थित अष्ट्रेलियन दुतावास, अन्य पेशागत संस्थाहरु तथा सम्वन्धित परामर्शदातृ कम्पनीहरुसँग सघन समन्वय र सहकार्य गरी अष्ट्रेलियास्थित नेपाली राजदुतावास, अन्तर्राष्ट्रिय विद्यार्थी संगठन काउन्सिल अफ इन्टरनेसनल स्टुडेन्ट अष्ट्रेलिया (सिआाइएसए) लगायत अन्य नेपाल र नेपालीसँग सम्वन्धित संघ संस्थाहरुसँग नियमित सहकार्य गर्दै समस्याको उपयुक्त र छिटो समाधान खोज्न सहजीकरण गरिरहने बताइएको छ ।

अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरुसँग प्रत्यक्ष सरोकार राख्ने प्रचलित कानून र ब्यवस्थाहरु र यो सम्बन्धि हेर्ने अष्ट्रेलियन सरकारका सम्बन्धित निकायहरुले त्यहाँ अध्ययनरत विदेशी विद्यार्थीहरुले बुझाउने शुल्क र अध्ययनको सुनिश्चितताका लागि प्रशस्त व्यवस्था गरेको हुँदा कानूनी उपचारका लागि स्वाभाविक रुपमा लाग्ने सामान्य समयावधि भित्र हाल समस्यामा परेका सबै विद्यार्थीहरुको समस्याको उपयुक्त समाधान हुने विषयमा इक्यान विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ ।

हाल उत्पन्न परिस्थितिबाट विद्यार्थी र अभिभावकमा पर्न गएको समस्याको उचित समाधान खोज्ने नैतीक जिम्मेवारी र जवाफदेहीता सम्बन्धित कन्सल्टेन्सी र कलेजको नै हुने हुँदा समस्याको उपयुतm समाधान नभएसम्म कन्सल्टेन्सी र कलेज दुबैसँग नियमित सम्पर्कमा रहिरहन प्रभावित सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरुलाई इक्यानले आग्रह गरेको छ ।

प्रेस विज्ञप्ति

You might also like

Comments are closed.