एई ग्लोबल ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर’ आज

पोखरा, ३ भदौ ।

पोखराको महेन्द्रपुलस्थित मोबाइल टावरमा रहेको एई ग्लोबलद्वारा आयोजित अष्ट्रेलियन एजुकेसन फेयर आज हुँदैछ । पोखराको न्युरोडस्थित सिटी स्क्वायर बैंक्युट हलमा ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर’ आयोजना गरिएको एई ग्लोबल पोखराका प्रवन्ध निर्देशक प्रीया थापाले जानकारी दिइन् ।

फेयरमा २४ वटा युनिभर्सिटी र कलेजका प्रतिनिधिहरु सहभागी हुँदैछन् । सहभागी विद्यार्थीलाई अष्ट्रेलियन शिक्षाका लागि आवश्यक सम्पूर्ण ज्ञान प्रदान गरिने थापाले बताइन् । निःशुल्क प्रवेशको व्यवस्था गरिएको फेयरमा ‘स्पर्ट एडमिसन अप्लाई’को सुविधासमेत रहेको थापाले जानकारी दिइन् ।

फेयरमा सहभागी विद्यार्थीलाई विभिन्न क्याटेगोरीमा ३० प्रतिशतसम्म छात्रबृत्ति उपलब्ध गराइने बताइएको छ । ‘२४ वटा युनिभर्सिटी तथा कलेजबाट रोजेको विषय विद्यार्थीले छनोट गर्न सक्छन्,’ थापाले भनिन्, ‘अष्ट्रेलियाका फरक फरक शहरका युनिभर्सिटी फेयरमा सहभागी हुँदैछन् ।’

फेयरमा सहभागी विद्यार्थीलाई प्रिभिलेज कार्डको व्यवस्था गरिएको छ । भिजा लागिसकेपछि फ्लाइट टिकेटमा छुट लगायतका सेवा प्रिभिलेजन कार्डबाट प्राप्त गर्न सकिने थापाले जानकारी दिइन् । ‘आइईएलटिएसमा ५० प्रतिशत छुटको सुविधासमेत छ,’ उनले भनिन्, ‘अष्ट्रेलिया जान इच्छुक विद्यार्थीलाई निःशुल्क प्रक्रिया सुरु गर्छौं ।’ फेयरमा सहभागी विद्यार्थीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको थापाले जानकारी दिइन् ।

You might also like

Comments are closed.