एई ग्लोबल पोखराको ‘नम्बर वान’ एजुकेशन कन्सल्टेन्सी बन्दैछ : प्रीया थापा

सयौं एजुकेशन कन्सल्टेन्सीहरुको भिडमा ‘एईं ग्लोबल प्रालि’ले पोखरा शाखा सञ्चालनमा ल्याएको छ । शाखा सञ्चालनको पाँच महिनाकै अवधिमा एई ग्लोबलले पोखरामा आफूलाई स्थापित गराइसकेको छ । लामो समय अष्ट्रेलिया बसेर स्वेदश फर्किएकी प्रीया थापा प्रालिको प्रवन्ध निर्देशक छन् । अष्ट्रेलियामा हासिल गरेको ज्ञान र सिप तथा अनुभव अहिले उनले विद्यार्थी माझ बाँड्दै परामर्श सेवामा आफूलाई तल्लीन बनाइरहेकी छन् । उनै प्रीया थापासँग एई ग्लोबलका सेवा, अष्ट्रेलियाको उच्च शिक्षा, परामर्श सेवा व्यवसाय लगायत विविधि विषयमा केन्द्रित रहेर आर्थिक आवाजले गरेको कुराकानीको सार :

एई ग्लोबलको पोखरा शाखा सञ्चालन गर्नुको उद्देश्य के हो ?
एई ग्लोबल प्रशिद्ध परामर्श दातृसंस्था हो । राजधानी काठमाडौंसहित देशका विभिन्न शहर र विभिन्न देशबाट परामर्श सेवा प्रदान गरिरहेको एईं ग्लोबल स्थापनाको १२ वर्ष पुगेको छ । यस अवधिमा हामीले नेपाली विद्यार्थी तथा अभिभावकको मन र विश्वास जित्न सफल भएका छौं । शाखा स्थापना गरी पोखरा सहित गण्डकी प्रदेशका विद्यार्थीलाई सेवा पु¥याउने लक्ष्यसहित शाखा सञ्चालनमा ल्याएका हौं । पोखरामा गत जनवरीबाट एई ग्लोबलको शाखा सञ्चालनमा आएको हो । छोटो अवधिमा हामी स्थापित भइसकेका छौं ।

एई ग्लोबलका शाखाहरु कहाँ–कहाँ छन् ?
एई ग्लोबलको मुख्य कार्यालय काठमाडौंमा छ । पोखरा र काठमाडौं बाहेक नेपालको इटहरी, चितवन, बुटवल, नेपालगञ्जमा शाखा छन् । अष्ट्रेलियाको सिड्नी र व्रिजमेनसहित भारत, भुटानमा एई ग्लोबलका शाखा सञ्जालहरु छन् । फिलिपिन्स र म्यानमारमा शाखा खुल्ने क्रममा छ । सन् २००७ बाट सेवा सुरु गरेको एई ग्लोबलले शैक्षिक परामर्श क्षेत्रमा १२ वर्षे अनुभव हाँसिल गरिसकेको छ ।

कुन–कुन देशका लागि काम गर्नुहुन्छ ?
हामीले अष्ट्रेलिया र न्युजिल्याण्डका लागि पोखराबाट काम गरिरहेका छौं । अष्ट्रेलिया र न्युजिल्याण्ड जाने विद्यार्थीको पहिलो रोजाईमा एई ग्लोबल पर्नेमा हामी विश्वस्त छौं । उच्च शिक्षा अध्ययनका लागि धेरै विद्यार्थीको पहिलो रोजाई अष्ट्रेलिया र त्यसपछि न्युजिल्याण्ड पर्ने गरेको छ ।

पोखरामा धेरैं एजुकेशन कन्सल्टेन्सी छन्, अरु भन्दा एई ग्लोबल कसरी फरक छ ?
हाम्रो र अरुको तुलना गर्नै मिल्दैन । हामी अरु कन्सल्टेन्सी भन्दा धेरै कुरामा फरक छौं । फरक विशेषताकै कारण छिट्टै पोखराको नम्बर वान एजुकेशन कन्सल्टेन्सी बन्नेमा हामी ढुक्क छौं । हामीसँग लामो अनुभव छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको डकुमेन्टेसन र प्रोसेसिङ हामीले निःशुल्क गर्छौं । आयल्स कक्षा हामीले शाखा शुभारम्भका अवसरमा ३ महिनासम्म निःशुल्क ग¥यौं । अब पनि ५० प्रतिशत छुटमा कक्षा सञ्चालन गरिरहेका छौं । हामी विद्यार्थीलाई सेवा तथा सुविधा उपलब्ध गराउन कुनै कन्जुस्याइँ गर्दैनौं । म आफै पनि अष्ट्रेलियामा बसेर आएकाले त्यहाँको बास्तविक शैक्षिक अवस्थाका बारेमा ज्ञान छ, जुन ज्ञान म विद्यार्थीमाझ बाँड्न सफल छु । अष्ट्रेलियाका बारेमा पुरा ज्ञान नै नभई पोखरामा धेरैले कन्सल्टेन्सी चलाइरहेको पाइन्छ । हामी त्यहाँको शिक्षा प्रणाली तथा नीति नियमका बारेमा सधैं अपडेट हुन्छौं । ६÷६ महिनामा नीति परिवर्तन भइरहन्छ, यहाँ धेरैलाई पत्तो नै हुँदैन । त्यहाँ हुने हरेक अपडेट हामीले यहाँ विद्यार्थीलाई जानकारी गराइरहन्छौं ।

कस्ता–कस्ता युनिभर्सिटी तथा कलेजको प्रतिनिधि भएर काम गर्नुभएको छ ?
अष्ट्रेलियाका ६० भन्दा बढी युनिभर्सिटी तथा कलेजको प्रतिनिधि भएर काम गर्न हामी सफल छौं । अष्ट्रेलियाका सबै शहरलाई हामीले समेटेका छौं । त्यहाँका उत्कृष्ट युनिभर्सिटी तथा कलेजले हामीसँग समन्वय गरिरहेका छन् । विद्यार्थीले आफूले रोजेको युनिभर्सिटी तथा कलेज रोज्न पाउँछन् । आफ्नो चाहना अनुसारको प्रोग्राम तथा विषय विद्यार्थी त्यहाँ गएर अध्ययन गर्न सक्छन् । न्युजिल्याण्डका लागि पनि त्यहाँका उत्कृष्ट कलेज र युनिभर्सिटी हामीसँग आबद्ध छन् । अधिकांश कन्सल्टेन्सीहरु १÷२ वटा कलेज तथा युनिभर्सिटीको मात्र प्रतिनिधि भएर काम गरिरहेको अवस्थामा हामी पोखरामा अरु भन्दा फरक भएर प्रस्तुत भएका छौं ।

अष्ट्रेलिया विद्यार्थीको पहिलो रोजाई बन्नुको कारण के हो ?
अष्ट्रेलियाको जीवनशैली राम्रो छ । हावापानी नेपाल सुहाउँदो छ । विद्यार्थीको पहिलो प्राथमिकता भनेको अध्ययन नै हो । अध्ययनका लागि अष्ट्रेलियाका युनिभर्सिटी तथा कलेजहरु उत्कृष्ट छन् । रोजगारीका अवसर प्रशस्त छन् भने पिआर लिने प्रक्रिया पनि सजिलो छ । अध्ययन पछि संसारको जुनसुकै ठाउँमा गएर राम्रो काम पाउन सकिन्छ । अष्ट्रेलियामा अध्ययन पश्चात नेपाल फर्किएर राम्रो काम गरेका उदाहरण पनि प्रशस्त छन् । उज्ज्वल भविश्यको सपना बोकेर नै धेरै विद्यार्थी अष्ट्रेलिया जाने गरेको मैले अनुभव गरेकी छु ।

एई ग्लोबलका लक्षित विद्यार्थी कुन–कुन हुन् ?
प्लस टु र ब्याचलर्स उत्तीर्ण विद्यार्थीलाई हामीले लक्षित गरेका छौं । पोखरा सहित गण्डकी प्रदेशका जिल्लाका विद्यार्थीलाई लक्षित गरी पोखराबाट सेवा प्रदान गरिरहेका छौं । जुन विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान सक्छन् उनीहरुलाई हामीले निःशुल्क प्रोसेसिङ सुरु गर्छौं । जान नसक्ने विद्यार्थीलाई सम्भावना न्युन छ भनेर अन्य विकल्पमा लाग्न सुझाव दिन्छौं । जे यथार्थ हो त्यही हामी विद्यार्थीलाई भन्छौं ।

धेरै कन्सल्टेन्सीबीच हुने प्रतिस्पर्धालाई कसरी लिनुहुन्छ ?
पोखरामा धेरैं कन्सल्टेन्सी रहेको कुरा साँचो हो । तर पोखराको कन्सल्टेन्सी मार्केट हावामा उड्ने खालको रहेको मैले महसुस गरेकी छु । धेरैलाई नराम्रो लाग्ला, तर साँचो यो हो कि यहाँ धेरै कन्सल्टेन्सीहरु पुरा ज्ञान विना नै सञ्चालनमा छन् । हामी कसैसँग प्रतिस्पर्धा गर्नका लागि पोखरा आएकै होइनौं, हाम्रो एक मात्र लक्ष्य हो पोखरा तथा गण्डकी प्रदेशको नम्बर वान कन्सल्टेन्सी बन्ने । हामी यो यात्रामा अगाडि बढिसकेका छाँैं । शाखा सञ्चालनको ५ महिनामा पाएको सफलताले पनि नम्बर वान बन्न हामीलाई कसैले रोक्न सक्दैन भन्ने पुष्टि भइसकेको छ ।

प्रीया थापा, प्रवन्ध निर्देशक, एई ग्लोबल प्रालि, महेन्द्रपुल, पोखरा

एई ग्लोबलमार्फत अष्ट्रेलिया पुगेका विद्यार्थीलाई त्यहाँ कसरी सहयोग गर्नुहुन्छ ?
विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि विदेश पठाउनु मात्र हाम्रो लक्ष्य होइन । जानुभन्दा अगाडि जसरी हामीले विद्यार्थीको केयर गर्छौ, त्यसरी नै त्यहाँ पुगेपछि पनि सेवामा कमी हुँन दिँदैनौं । एयरपोर्टमा पिकअपदेखि सेटल हुन आवश्यक सहयोग हामी गर्छौं । पारिवारिक वातावरणमा विद्यार्थीको सेवा गर्नु हाम्रो विशेषता नै हो ।

अष्ट्रेलियामा प्रशस्त अवसर हुँदाहुँदै नेपाल किन आउनुभयो ?
नेपालको अरु देशसँग तुलना गर्नै सकिँदैन । मैले अष्ट्रेलियामा धेरै अवसर पाउछु र अहिले पनि पाइरहेकी छु । यद्यपि नेपालमै केही गर्नुपर्छ भन्ने मेरो सोच हो । महिलाहरुलाई प्रोत्साहन गर्नका लागि पनि नेपालमा केही भूमिका खेल्नसक्छु की भन्ने मैले सोचेको छु । विदेश अध्ययन गर्न र केही सिक्नका लागि जाने हो । तर, सिकेको ज्ञान र सिपलाई आफ्नै मुलुकमा आएर प्रयोग गर्नुपर्छ भन्ने मान्यता मेरो हो । म विद्यार्थीलाई पनि त्यही सिकाइरहेको हुन्छु ।

अन्त्यमा, के भन्नुहुन्छ ?
पोखरामा हामी स्थापनाको छोटो समय भएपनि नेपालमा परामर्श सेवा सुरु गरेको लामो समय भइसकेको छ । लामो समयको अनुभव हामीसँग छ । एक पटक एई ग्लोबलमा आएर परामर्श लिनका लागि विद्यार्थी तथा अभिभावकहरुलाई म आग्रह गर्दछु । हामीसँग दक्ष तथा अनुभवी काउन्सिलरहरु हुनुहुन्छ । हामीले पोखरामा शाखा स्थापना भएपछि विदेश गएका विद्यार्थीबाट पनि राम्रो प्रतिक्रिया पाइरहेका छौं ।

You might also like
1 Comment
  1. Anil Bhujel says

    AE Global Pokhara is one of the best educational consultancy in the town. Hats off to Preya Thapa Mam and whole team for getting immense success in the short time and i am hopeful that you soar to new heights. Best Endeavors from myside .
    Anil Bhujel
    Master in Biotechnology Management
    La Trobe University Melbourne
    Applied from AE Global Pokhara.

Comments are closed.