एकदेव आले स्मृति भवन प्रचण्डले उद्घाटन गर्ने

तनहुँ ७ माघ ।
तनहुँको दमौली स्थित एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानले आफ्नै भवन निमार्ण गरेको छ । नवनिर्मित भवन एकदेव आलेको ५०औं स्मृति दिवसको अवसरमा माघ १२ गते नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने बताइएको छ ।  एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानले दमौलीमा सोमबार  पत्रकार सम्मेलन गरी क्रान्ति योद्धा आलेको ५०औँ स्मृति दिवसको अवसरमा एकदेव आले स्मृति भवनको उद्घाटन एवम् स्मारिका बिमोचन कार्यक्रम बारे जानकारी गराएको हो ।

प्रतिष्ठानको भवनको लागि जिल्ला समन्वय समिति तनहुँले ८ आना जग्गा दिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको भवन सङ्घिय सरकारको संस्कृति ,पर्ययटन तथा नागरिक उड्यन मन्त्रालयको ८० लाख , व्यास नगरपालिकाको तीन लाख रुपैयाँ सहयोगमा निमार्ण गरिएको एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानका अध्यक्ष श्रीराम कार्कीले जानकारी दिए । संघीय सरकारको संस्कृति ,पर्ययटन तथा नागरिक उड्यन मन्त्रालयले प्रतिष्ठानलाई पुस्तकालय निमार्णको लागि पनि ५ लाख रुपैयाँ रकम दिएको प्रतिष्ठानका कोषाध्यक्ष रामचन्द्र सापकोटाले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानले हाल आधुनिक पुस्तकालय सञ्चालनमा ल्याएको छ । पुस्ताकालयको लागि १५ लाख रुपैयाँ बराबारमा धार्मिक , शैक्षिक , साहित्यिक लगायत सबै प्रकारका पुस्तकहरु खरीद गरिएको छ । प्रतिष्ठानको पाँच तले भवनमा निर्माण गरिएको छ ।

एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानले किसान नेता एकदेव आले जीवनसँग सम्बन्धि पुस्तक प्रकाशन गरेको छ । सो पुस्तक आलेको ५० औं स्मृति दिवसकै दिन सार्वजानिक गर्ने प्रतिष्ठानले तयारी गरेको छ । एकदेव आलेको योगदानलाई जीवन्त बनाउन पुस्तक प्रकाशन गरेको पुस्तकका सम्पादक तथा नेकपाका जिल्ला नेता विष्णुभक्त सिग्देलले जानकारी दिए ।
नेपालका धेरै नेताहरुका लेख रचना समेत समावेश गरेर पुस्तक प्रकाशन गरिएको उक्त पुस्तक तयार पार्नको लागि एकदेव आले सम्बन्धि खोजिएका दस्तावेज पुुस्तकमा समावेश गरिएको प्रतिष्ठानका सल्लाहकार प्रतापलाल श्रेष्ठले जानकारी दिए ।

नेपाल कम्प्युनिष्ट पाटीको २०१९ सालमा भएको तस्रो महाविधवेशन सहभागी भई बाँचेका व्यक्तिहरुसँग भेटेर पनि नेता आलेको बारेमा जानकारी लिईएको उनले बताए । आलेसँग धेरै समय गुजारेका भिमबहादुर श्रेष्ठ लगायतका व्यक्तिहरुको घरमै पुगेर जानकारी लिईएको प्रतिष्ठानले जनाएको छ ।
एकदेव आलेको बारेमा बामपन्थी बुद्धिजिवी दधिराज सुवेदीले पनि पुस्तक लेखि सकेका छन भने प्रतिष्ठानका अध्यक्ष श्रीराम कार्कीले स्नाकोत्तर तहमा सामाजिक शास्त्रमा सोधपत्र (थेसिस) तयार पारेका छन् ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष कार्कीले २००७ सालमा विपी कोईरालाले नेतृत्व गरेको मुक्ति सेनाको रक्षा दलको कमान्डर भएर लडेको इतिहास हेर्दा आले सबैले सम्मान गर्नुपर्ने व्यत्तिको रुपमा चित्रिण गरे । आले तनहुँ जिल्लाको पूँजी भएको उल्लेख गर्दै उनले आले जिल्लाको एउटा इतिहासको धरोहर भएको बताए ।

You might also like

Comments are closed.