पोखरा, ६ भदौ । मानव अधिकारका लागि महिला एकल महिला समूह कास्कीका अध्यक्ष जुना केसीलाई लायन्स क्लब अफ पोखरा स्मार्ट टाउनले सम्मान गरेको छ । बिहीबार आयोजित तीजको शुभकामना आदानप्रदान तथा नारी सम्मान कार्यक्रममा केसीलाई सम्मान गरिएको क्लबका अध्यक्ष कबिता श्रेष्ठले जानकारी दिइन् । केसी एकल महिला सशक्तीकरण अभियानका अभियान्ता हुन् ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका कोचिफ एडभाइजर सुचित्रा थापा, डिपुटी चिफ एडभाइजर दुर्गा ढकाल लगायतले केसीलाई सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले एकल महिला सशक्तीकरण अभियानका अभियान्तालाई सम्मान गरेर क्लबले राम्रो काम गरेको बताइन् ।
सम्मानले एकल महिला सशक्तीकरणको अभियानमा काम गर्न अझ बढी होसल्ला मिलेको केसीले बताइन् । ‘एकल महिलाहरुका लागि तीज खल्लो हुने गरेको मैले महसुस गरेको छु,’ उनले भनिन्, ‘तीजलाई सम्पूर्ण महिलाहरुको साझा पर्वका रुपमा विकसित गर्नुपर्छ ।’
क्लबका अध्यक्ष कबिता श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा डिपुटी चिफ एडभाइजर दुर्गा ढकाल, जोन चियरपर्सन ठाकुरप्रसाद अधिकारी, लायन्स क्लब अफ पोखरा मिड टाउनका अध्यक्ष सुरेन्द्र पौडेल, स्मार्ट टाउनका प्रथम उपाध्यक्ष लक्ष्मी शर्मा, तृतीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक निलम कर्माचार्य, सचिव पवित्रा शर्मा लगायतले बोलेका थिए ।
Comments are closed.