एकहाते युवा क्लवको अध्यक्षमा वरुण ः तिन जना पत्रकार सहित २० जनालाई सम्मान ः

पोखरा, २७ माघ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं. २१ स्थित एकहाते युवा क्लवको पहिलो साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले वरुण पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।जसको उपाध्यक्षमा अनु गुरुङ, सचिव कमल पौडेल, सहसचिव कृष्ण देवकोटा र कोषाध्यक्ष कुमार गुरुङलाई चयन गरिएको छ । यस्तै सदस्यहरुमा जित बहादुर खत्री, राजकुमारी गुरुङ, शुक्रराज गुरुङ, सन्तोष पौडेल, प्रेम नेपाली र सन्तोष मगर रहेका छन् ।

कार्यक्रमको उद्धघाटन गर्दै स्थानिय समाजसेवि वयोवृद्ध हेमशर्मा पौडेलले समाजिक रुपान्तरणमा युवाहरुको भुमिका महत्वपुर्ण हुने भएकाले सदैव क्रियाशिल रहन सुझाव दिए ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं. २१ का वडा अध्यक्ष खगराज आचार्यले युवाहरुले गर्ने कुनैपनि प्रकारका कार्यहरुमा वडाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । साथै वडाको विकासका लागी एकिकृत गुरुयोजना निर्माणमो क्रममा रहेकाले आ(आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह समेत गरे ।

कार्यक्रममा पत्रकार माधव पनेरु, दुर्गा अधिकारी र भीम थापा लगायत विभिन्न व्यक्तित्वहरुलाई सम्मानपत्रले सम्मान  गरिएको छ । वडाको विकासमा युवाहरुको परिचालन गर्दै सकारात्मक भुमिका निर्वाहका लागी क्लव निरन्तर क्रियाशिल रहने अध्यक्ष पौडेलले प्रतिवद्धता जाहेर गरेका छन् ।

You might also like

Comments are closed.