एकैदिन थपिए ओमका ३ वटा शाखा

काठमाडौं, ६ चैत । ओम डेभलपमेन्ट बैंकले एकैदिन काठमाडौंमा ३ वटा नयाँ शाखाहरुको उद्घाटन गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले शाखाहरुको उद्घाटन गरे । काठमाडौंको गोंगबु, बानेश्वर र ललितपुरको सातदोबाटो शाखाको फरक फरक कार्यक्रम बिच मंगलबार उद्घाटन गरिएको हो ।

कार्यक्रममा बैंकले सुमेरु सामुदायिक अस्पताल र मानव सेवा आश्रमलाई ह्विल चेयरहरु बितरण गरेको छ । कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जन, बैंकका अध्यक्ष सुशील कुमार गोशली, प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारी लगायतले बोलेका थिए ।

बैंकले फागुन मसान्तसम्म १८ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब ३२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । शाखा संख्या ५२, कर्मचारी संख्या ३९९, ग्राहक संख्या करिब २ लाख ३१ हजार जना, एटिएम संख्या ११ वटा रहेको प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।

You might also like

Comments are closed.