एकैदिन ६ वटा महिन्द्रा ट्याक्टर बिक्री, ३ वटा बुकिङ

पोखरा, २४ पुस । महिन्द्रा ब्राण्डका ट्याक्टर पोखरामा सोमबार एकैदिन ६ वटा बिक्री भएका छन् । सोमबार नै ३ वटा ट्याक्टर बुकिङ भएको महिन्द्राका लागि यस क्षेत्रको आधिकारिक बिक्रेता बतास ब्रदर्श प्रालिका प्रवन्धक पुष्प बरालले जानकारी दिए ।

प्रालिले एकैदिन धेरै ट्याक्टर बुकिङ भएको भन्दै ‘मेगा डेलिभरी’ कार्यक्रम नै गरेर ग्राहकलाई चावी हस्तान्तरण गरेको छ । बतास ब्रदर्श प्रालिका चिफ सिओओ राजेश रानाभाटले चावी हस्तान्तरण गरे । ‘महिन्द्रा ट्याक्टरमा ग्राहकको आकर्षण निकै बढेको छ,’ बरालले भने, ‘एकैदिनमा ६ ओटा बिक्री र ३ वटा बुकिङ हुनु यसको उदाहरण हो ।’

You might also like
1 Comment
  1. पदम says

    बधाई छ ।

Comments are closed.