एकै साथ जनता बैंकका ८ शाखाबाट कारोबार शुभारम्भ

काठमाडौं, १६ चैत ।

यस आर्थिक वर्षको सुरुदेखि नै शाखा बिस्तारमा निरन्तरता दिएको यस जनता बैंक नेपाल लिमिटेडले एकै साथ ८ नयाँ शाखाबाट कारोबार सुरु गरेको छ । काठमाडौं लगायत देशमा विभिन्न स्थानमा बैकले शाखा बिस्तार गरेको छ । बिस्तार गरिएका शाखामा रामपुर शाखा, टिकापुर शाखा, वालिङ शाखा, महाराजगंज शाख, ग्वार्को शाखा, नयाँमिल शाखा, दुम्किबास शाखा, भुरीगाँउ शाखा छन् ।

यससँगै बैंकको शाखा संख्या १ सय ६ पुगेको छ भने काठमाडौं उपत्यकामा १७ शाखाहरु छन् । यस अतिरिक्त बैंकले ३३ शाखा रहित बैंकिङ, २ सीमित बैंकिङ ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

बैंकको हाल रु. ५३ अर्ब २४ करोड निक्षेप र रु. ४९ अर्ब ८२ करोड कर्जा कारोबार छ । बैंकले आ.ब. २०७३÷७४ को मुनाफाबाट बोनस शेयर वितरण गरे पश्चात चुक्ता पुँजी रु. ८ अर्ब ७ लाख पुगेको छ । यससँगै राष्ट्र बैंकले तोकेको पुँजी सिमा पुरा भइसकेको छ कम्पनी सचिव विश्व सुवेदीले जानकारी दिए ।

You might also like

Comments are closed.