एक्रो केम इण्डष्ट्रिज तेस्रो वर्षमा प्रवेश, वार्षिक उपहारमा टिभीदेखि मोटरसाइकलसम्म

भाग्यशाली उपहारसहित हात खाली नजाने उपहार योजना

काठमाडौं । बागमती प्रदेशको चितवनमा स्थापित एक्रो केम इण्डस्ट्रिज प्रा.लि.ले आफ्नो उत्पादनको दोस्रो वर्ष पुरा गरी तेस्रो वर्ष प्रवेश गरेको छ । नेपालमा गुणस्तरीय कोल उत्पादन गर्ने लक्ष्यका साथ स्थापित कम्पनीले आफ्ना उत्पादन देशभरको बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।

कम्पनीले Acro col maritime, Acro col SH, Rhino col SH, Rhino col WG  र ABC col ग्राहकमाझ उपलब्ध गराउँदै आइरहेको छ ।

कम्पनीले वार्षिकोत्सवको अवसरमा वार्षिक उपहार योजना, ग्राहक उपहार योजना एवं नगद उपहार योजना सार्वजनिक गरेको छ । वार्षिक उपहार योजना अन्तर्गत ग्राहकले एलइडी टिभीदेखि मोटरसाइकलसम्म उपहार प्राप्त गर्न सक्नेछन् ।

७५ लाख रुपैयाँ भन्दा बढीको एक्रोकोल खरिदमा १२५ सिसीको होण्डा साइन मोटरसाइकल उपहार प्रदान गरिने कम्पनीले जनाएको छ । ५० लाख रुपैयाँ भन्दा बढीको एक्रोकोल खरिदमा १०० सिसीको बजाज प्लाटिना, ३५ लाख रुपैयाँ भन्दा बढीको एक्रोकोल खरिदमा वासिङमेसिन र १५ लाख रुपैयाँ भन्दा बढीको एक्रोकोल खरिदमा ल्यापटप उपहार प्रदान गरिनेछ । १० लाख रुपैयाँ भन्दा बढीको खरिदमा फ्रिज र ५ लाख रुपैयाँ भन्दा बढिको खरिदमा ३२ इन्चको एलइडी टिभी ग्राहकहरुलाई प्रदान गरिनेछ ।

भाग्यशाली उपहार योजना अन्तर्गत ज्याकेट, थर्मस, आइरन, ब्लाङकेट, इलेक्ट्रिक जग, राइस कुकर, इलेक्ट्रिक हिटर र साइकल उपहार प्रदान हुनेछ ।

त्यसैगरी कम्पनीले हात खाली नजाने उपहार योजना पनि ल्याएको छ । यस योजना अन्तर्गत एक्रो मरिटाइम तर्फ ५० केजीमा ६ सय रुपैयाँ, २० केजीमा ४ सय ५० रुपैयाँ, १० केजीमा ३ सय ५० रुपैयाँ र ५ केजीमा २ सय ५० रुपैयाँ उपहार ग्राहकले पाउनेछन् । एक्रो एसएमतर्फ ५० केजीको खरिदमा ५ सय रुपैयाँ, २० केजीमा ४ सय रुपैयाँ, १० केजीमा ३ सय रुपैयाँ र ५ केजीमा २ सय रुपैयाँ उपहार प्रदान गरिनेछ ।

यसैबीच कम्पनीले वार्षिकोत्सवको अवसवरमा देशभरका डिलर, फर्निचर उद्योग व्यवसायी, कार्पेन्टर तथा ग्राहकहरुप्रति कृतज्ञता ज्ञापन गरेको छ । ‘ग्राहकहरुको मायाले नै हाम्रो उत्पादन बजारमा सफल भएको छ,’ कम्पनीले भनेको छ, ‘आगामी दिनमा अझै स्तरीय सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौं ।’

lcci
You might also like

Comments are closed.