एक्सपर्ट एजुकेशनद्धारा पत्रकार महासंघलाई ६० थान कुर्सी सहयोग

 

पोखरा, २७ कात्तिक । नेपाल पत्रकार महासंघ कास्की शाखालाई एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसले कुर्सि सहयोग गरेको छ । महासंघमा आयोजित एक समारोहका बिच सोमवार एक्सपर्ट पोखराका निर्देशक रमेश कुमार थापाले महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई ६० थान कुर्सी सहयोग हस्तान्तरण गरेका छन् ।

एक्सपर्टले करिब एक लाख २० हजार मुल्य बराबरको कुर्र्सी हस्तान्तरण गरेको हो । प्रति कुर्र्सी करिब दुई हजार मुल्य पर्छ । कुर्सी हस्तान्तरण कार्यक्रममा बोल्दै निर्देशक थापाले आफुहरुले सामाजिक उत्तरदायित्व अन्र्तगत पत्रकार महासंघलाई सानो सहयोग गर्न पाएकोमा खुसि व्यक्त गरे ।

उक्त सहयोगले पत्रकारको भौतिक संरचनमा थप टेवा पुगेको महासंघ कास्की शाखाका अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गरे । महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी, सचिव रामप्रसाद तिमिल्सिनाले विभिन्न सहयोगी हातबाटै महासंघ अघि बढेको बताए ।

महासंघ कास्की शाखाको आउदो मंसिर ७ गते साधारण सभा हुने भएको छ । कास्की शाखामा दुई तले पक्की भवन, २ सय र ५० सिट क्षमताका दुई वटा सभाहल रहेका छन् । महासंघ कास्की शाखामा ३ सय २९ जना सदस्य रहेका छन् ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...