पोखरा, २ माघ । एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस पोखराको आयोेजनामा अष्ट्रेलियन एजुकेशसन समेनिार हुने भएको छ । उच्च शिक्षा अध्ययनका लागि पोखरामा बृहद सेमिनार आयोजना गरिएको एक्सपर्ट पोखराका सञ्चालक रमेश थापाले जानकारी दिए । एक्सपर्ट पोखराको कार्यालय सिद्धार्थचोकको सभाहलमा करिब २ सय जना विद्यार्थीको सहभागितामा सेमिनार हुने उनले बताए ।
सेमिनारमा एक्सपर्टका प्रमुख कार्यकारी अधिकृत सञ्जिव शर्मा, एक्सपर्ट मेल्वर्नका निर्देशक वसन्त पोखरेल लगायत अनुभवी काउन्सिलरहरु सहभागी हुनेछन् । ‘सेमिनारमा अष्ट्रेलियन शिक्षा सम्बन्धी सम्पूर्ण विषयमा विद्यार्थीलाई जानकारी दिन्छौं,’ थापाले भने, ‘उच्च शिक्षा अध्ययनका लागि अष्टे«लिया जान इच्छुक विद्यार्थीका लागि सेमिनार निकै उपयोगी हुनेछ,’

भिजा पोलिसी, अष्ट्रेलियाको पिआर लिने प्रक्रियाका बारेमा समेत सेमिनारमा कक्षा लिइने एक्सपर्ट मेल्वर्नका निर्देशक वसन्त पोखरेलले बताए । अष्ट्रेलिया जानका लागि वर्तमान परिवर्तित नियम कानुनका बारेमा पनि सेमिनारमा सही सूचना प्रदान हुने उनको भनाइ छ । विद्यार्थीको विश्वास जित्न आफूहरु सफल रहेको बताउँदै उनले अष्टे«लिया जान चाहने विद्यार्थीको रोजाईमा एक्सपर्ट परेको उनले बताए ।
अष्ट्रेलियाको सिड्नी, ब्रिस्वेन, मेल्वर्न, एडिलेड, गोल्डकोष्ट, पारामाटामा एक्सपर्टका शाखा सञ्जालहरु छन् । बंगलादेश, हङकङ, भारत तथा नेपालको काठमाडौं, पोखरा, चितवन, बुटवल, विर्तामोड, इटहरी, धनगढी, नेपालगञ्ज र दाङबाट पनि एक्सपर्टले सेवा प्रदान गरिरहेको छ ।
Comments are closed.