एक्सयूभी ३०० र भिटारा ब्रेजाबीच कस्तो होला टक्कर, कसको डिजेल इन्जिन कति शक्तिशाली ?

काठमाडौं । नेपाली बजारमा महिन्द्रा एक्सयूभी ३०० हालै भित्रिएको छ । नेपाली बजारमा पहिलेदेखि नै लोकप्रिय मानिएको मारुती सुजुकी भिटारा ब्रेजासँग यसको सिधा टक्कर पर्नेछ । महिन्द्रा एक्सयूभी ३०० सब–कम्प्याक्ट एसयूभीमा नयाँ खेलाडी हो भने भिटारा ब्रेजा यो सेगमेन्टमै सबैभन्दा बढी बिक्री हुने गाडी हो । भिटारा ब्रेजा डिजेल इन्जिनमा मात्र उपलब्ध छ । तर एक्सयूभी ३०० भने पेट्रोल र डिजेल दुवै भेरिएन्टमा आउछ ।

दुवै एसयूभीको डिजेल इन्जिनमा कुन राम्रो होला ? हेरौं, विभिन्न फिचरहरु

इन्जिन
महिन्द्रा एक्सयूभी ३०० मा १.५ लिटरको टर्बो डिजेल इन्जिन छ, जसले ३७५० आरपीएममा ११५ बीएचपी पावर र १५००–२५०० आरपीएममा ३०० एनएम टर्क जेनेरेट गर्छ ।
मारुती सुजुकी भिटारा ब्रेजामा १२४८ सीसीको टर्बोचाज्र्ड चार सिलिन्डर डिजेल इन्जिन छ, जसले ४००० आरपीएममा ८९ बीएचपी पावर र १७५० आरपीएममा २०० एनएम टर्क जेनेरेट गर्छ ।

ट्रान्समिसन
महिन्द्रा एक्सयूभी ३०० मा भएको डिजेल इन्जिन ६–स्पिड म्यानुअल ट्रान्समिसनका साथ आउछ । भिटारा ब्रेजाको डिजेल इन्जिन ५–स्पिड म्यानुअल ट्रान्समिसनका साथ आउछ ।

स्पिड
महिन्द्रा एक्सयूभीको टप स्पिड १८० किलोमिटर प्रतिघण्टा छ । यो गाडीले ११।५ सेकेन्डमा ० देखि १०० किलोमिटर सम्मको गति लिन सक्छ ।
भिटारा ब्रेजाको टप स्पिड १७२ किलोमिटर प्रतिघण्टा छ । यो गाडीले १२।३६ सेकेन्डमा ० देखि १०० किलोमिटर सम्मको गति लिन सक्छ ।

माइलेज
एआरएआईको आँकडा अनुसार महिन्द्रा एक्सयूभीको माइलेज २० किलोमिटर प्रतिघण्टा छ भने मारुती सुजुकी भिटारा ब्रेजाको माइलेज २४.२९ किलोमिटर प्रतिघण्टा छ ।

इन्धन ट्यांकी
महिन्द्रा एक्सयूभी ३०० मा ४२ लिटरको इन्धन ट्यांकी छ । यसमा फुल ट्यांकी इन्धन राख्दा ८४० किलोमिटर यात्रा गर्न सकिन्छ । भिटारा ब्रेजामा ४८ लिटरको इन्धन ट्यांकी छ । यसमा फुल ट्यांकी इन्धन राख्दा ११५२ किलोमिटर यात्रा गर्न सकिन्छ ।

सुरक्षा फिचर
महिन्द्रा एक्सयूभी ३०० साङयोङ टिभोली प्लेटफर्ममा आधारित छ । सो प्लेटफर्मले २०१५ केएनक्याप अर्थात कोरियाको नयाँ कार परीक्षण कार्यक्रममार्फत अटोमोटिभ सेफ्टी टेष्टमा ग्रेड १ को सुरक्षा पुरस्कार सहित विभिन्न पुरस्कार पाएको छ । सुरक्षालाई ध्यानमा राखी यो कारमा ७ एयरब्याग, एबीएस, सबै पांग्रामा डिस्क ब्रेक र ईएसपी समेत उपलब्ध छ ।

मारुती सुजुकी भिटारा ब्रेजामा पनि विभिन्न सुरक्षात्मक संयन्त्र छन् । यसमा आइसोफिक्स चाइल्ड रेस्ट्रेन्ट सिष्टम, हाई स्पिड वार्निङ अलर्ट, ड्युअल एयरब्याग, ईबीडी सहितको एबीएस, रिभर्स पार्किङ सेन्सर, फ्रन्ट सिट बेल्ट प्रि–टेन्सनर र फोर्स लिमिटर आदि रहेका छन् । महिन्द्रा एक्सयूभी ३०० को मूल्य अझै सार्वजनिक गरिएको छैन । त्यसैले हाल मूल्यको तुलना गरिएको छैन ।

You might also like

Comments are closed.