एक्साभेटरमा गरिएको आक्रमणप्रति आपत्ती

आर्थिक आवाज
पोखरा, २० जेठ । रोकिराखेको एक्साभेटर मेसिनमा मध्य रातमा अज्ञात समूहले तोडफोड गरी पु¥याएको क्षतिप्रति गण्डकी क्रसर उद्योग व्यवसायी संघ र कास्की हेभी इक्युमेन्ट व्यवसायी संघले आपत्ती जनाएका छन् । एनिसा कन्स्ट्रक्सन प्रालिको एक्साभेटर मेसिन पोखरा ३३ मा र एम.जि.रोडा ढुङगा उद्योग आँबुखैरेनी तनहुँको एक्साभेटरमा तोडफोड गरिएको विज्ञप्तिमा उल्लेख छ ।

क्रसरका अध्यक्ष सुरेन्द्र त्रिपाठी र हेभी इक्युमेन्टका अध्यक्ष लिलामोहक कुँइकेलले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी घटनाको निन्दा एवं भत्र्सना गरेका छन् । ‘दोषीलाई छिटो भन्दा छिटो पत्ता लगाई कानुनी कारबाही गर्न अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

विकास निर्माणमा प्रयोग भइरहेका साधनमा भएको अतिक्रमणले व्यवसायीहरुलाई निरास बनाउने अध्यक्ष त्रिपाठी बताउँछन् । ‘यस्ता गतिविधिले विकास बिरोधीहरुलाई सहयोग पु¥याउँछन्,’ उनले भने, ‘यस्ता निन्दनीय कार्यको हामी खेद व्यक्त गर्छौं ।’ अवान्छनीय गतिविधि गर्ने जोकोहीलाई पनि पत्ता लगाएर कानुनी कारबाही गर्नुपर्ने अध्यक्ष कुइँकेलले बताए ।

You might also like

Comments are closed.