एक्सेल डेभलपमेन्ट बैंक १५औं वर्षमा प्रवेश

झापा । झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड स्थापनाको १५औं वर्षमा प्रवेश गरेको छ । आफ्ना ग्राहक तथा कर्मचारीहरुसँग शुभकामना आदानप्रदान गरीब बैंकले १४औं वार्षिकोत्सव मनाएको प्रमुख कार्यकारी अधिकृत दीनेशकुमार पोखरेलले जानकारी दिए ।

प्रदेश नं. १ का ५ वटा जिल्लामा बैंकका ३५ वटा शाखा सञ्चालनमा छन् । १० अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ७ अर्ब ९० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको पुँजी ८१ करोड १० लाख रुपैयाँ छ । चालु आर्थिक वर्षमा ३० प्रतिशत हकप्रद जारी गरेर कुल पुँजी १ अर्ब ५ करोड रुपैयाँ पु¥याउने लक्ष्य लिएको पोखरेलले जानकारी दिए ।

बैंकको हालै सम्पन्न साधारणसभाले १८ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको छ । चालु आ.ब.मा शाखा विस्तार गरी ४५ शाखा पुर्याउने लक्ष्य लिइएको पोखरेलले आर्थिक आवाजलाई जानकारी दिए ।

You might also like

Comments are closed.