आर्थिक आवाज
पोखरा । न्युजिल्याण्ड पढ्न जान चाहने विद्यार्थीलाई लक्षित गरी पोखराको एक्सेस एजुकेशन नेटवर्कले यहि साउन २६ गते आइतबार ‘न्युजिल्याण्ड एड्मिसन सेसन’ संचालन गर्ने भएको छ ।
सेसन एक्सेसको कार्यालय रहेको सिद्धार्थचोक स्थित रुपाकोट कम्प्लेक्सको दोश्रो र तेश्रो तलामा संचालन हुनेछ । विहान १० देखि बेलुका ४ बजेसम्म चल्ने सेसनमा न्यूजिल्याण्ड सरकारले पहिलो र दोस्रो क्याटागोरीमा वर्गीकरण गरेका १० भन्दा बढी सरकारी तथा निजी कलेजका प्रतिनिधीहरुको प्रत्यक्ष सहभागिता रहनेछ ।
बिगत १४ वर्षदेखि वैदेशिक अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गर्दै आइरहेको एक्सेसले पछिल्ला समयम न्युजिल्याण्डलाई प्रमुख गन्तब्यका रुपमा विद्यार्थीलाई सेवा दिदै आएको हो । सेसनमा स्पोट एसिस्मेन्ट (न्युजिल्याण्ड अध्ययनका लागि योग्य छ कि छैन भन्ने विषयमा) सम्बन्धित कलेजका प्रतिनिधीले तत्कालै जानकारी दिने छन् । न्युजिल्याण्ड अध्यनमा जानका लागि आईईएलटिएसमा ५ दशमलब ५ र कुनै पनि विश्वविद्यालयबाट ४० प्रतिसत भन्दा माथि अंक ल्याएर उत्तीर्ण भएको हुनु पर्ने एक्सेस एजुकेशन नेटवर्क पोखरा शाखाका प्रबन्ध निर्देशक राजन भण्डारीले जानकारी दिए ।
अष्ट्रेलिया र अन्य यूरोपेली मुलकमा अध्ययनका लागि जान समस्या हँुदै गएको पछिल्लो अवस्थाले गर्दा पनि न्युजिल्याण्डमा विद्यार्थीको आकर्षण बढेको एक्सिस पोखरा शाखा प्रमुख भण्डारीले जानकारी दिए । उनले भने–“न्युजिल्याण्ड सरकारले सन् २०१८ को नोभेम्बर देखि पढाई पछाडि काम गर्न पाउने समय थप गरि अधिकतम तीन बर्ष बनाएका कारण पनि न्यूजिल्याण्डमा विद्यार्थीको आकर्षण बढी छ ।”
दश जोड दुई पछिका विद्यार्थीहरुलाई विशेष प्राथमिकतामा राखेर संचालन गरिएको सो सेसनमा सहभागी जनाउने प्रत्येक सहभागीलाई हात खाली नजाने विशेष उपहारको ब्यवस्था पनि गरिएको एक्सेसका निर्देशक बिजय अधिकारीले जानकारी दिए ।
पछिल्लो समयमा बैकिङ प्रकृया र शैक्षिक ऋणको लागि आवश्यक पर्ने डकुमेण्टको अभाबमा कतिपय विद्यार्थीहरुको भिषा रिजेक्ट हुने गरेको छ । ‘हामीले बैकिङ प्रकृयामा कुनै पनि समस्या नआओस भनेर न्युजिल्याण्ड सेसनमा नबिल बैकको स्टलनै राखेर आबश्यक जानकारी दिने व्यवस्था समेत गरेका छौं,’ उनले भने ।
बिगत ७ वर्षदेखि पोखरामा शैक्षिक अध्ययनका लागि सेवा दिदै आएको एक्सेसले न्युजिल्याण्डका लागि नर्सिङ, इन्जिनियरिङ, कृषि, होटल म्यानेज्मेण्ट, बैकिङ लगायत एक सय भन्दा बढी विषयमा अध्ययन गर्न चाहनेहरुलाई शैक्षिक परामर्श दिदै आएको छ ।




Comments are closed.