‘एक्सेस एजुकेसन फेयरमा उत्कृष्ट कलेज तथा युनिभर्सिटीका प्रतिनिधि सहभागी हुन्छन्’ (अन्तर्वार्ता)

रोशन अधिकारी
काउन्सेलर
एक्सेस एजुकेसन नेटवर्क, पोखरा

बिगत १३ वर्षदेखि शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेको एक्सेस एजुकेसन नेटवर्कले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, न्युजिल्याण्ड र क्यानडा जान चाहने विद्यार्थीलाई लक्षित गरी सेवा प्रदान गर्दै आइरहेको छ । परामर्श सेवामा विशेष पहिचान बनाएको एक्सेसले यही भदौ २१ गते बिहीबार ‘एक्सेस एजुकेसन फेयर’ आयोजना गरेको छ । फेयरका विशेषता तथा एक्सेससँग सम्बन्धित रहेर काउन्सेलर रोशन अधिकारीसँग आर्थिक आवाजले गरेको कुराकानीः

शैक्षिक परामर्शका लागि एक्सेस नै किन ?
बिगत १३ वर्ष शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेको एक्सेस एजुकेसन नेटवर्कमा अनुभवी तथा दक्ष काउन्सेलरबाट परामर्श सेवा प्रदान गरिन्छ । सत्य, तथ्य र उत्कृष्ट परामर्शका लागि एक्सेस परिचित छ । नेपाल भर ७ वटा शाखा भएकोे एक्सेसको पोखरा शाखाले उत्कृष्ट पहिचान बनाउन सफल छ । परामर्श सेवाका क्षेत्रमा अग्रणी संस्था बन्न सफल एक्सेसमा विद्यार्थीको आकर्षण देखिएको छ । यहाँ आएका विद्यार्थीलाई हामी पारिवारिक वातावरणमा सत्य तथ्य जानकारी दिन सफल छौं । हाम्रो सेवाबाट विद्यार्थी तथा अभिभावक सन्तुष्ट हुनुहुन्छ ।

कुन–कुन देशलाई लक्षित गरी सेवा प्रदान गरिरहनुभएको छ ?
विशेष फोकस अष्ट्रेलिया, न्युजिल्याण्ड र क्यानडालाई गरेका छौं । केही युरोपियन देशहरुका लागि पनि सेवा प्रदान गर्दै आइरहेका छौं । अष्टे«लिया तथा न्युजिल्याण्डका लागि परामर्श दिने संस्थाहरु मध्ये धेरै विद्यार्थीको रोजाईमा एक्सेस पर्न सफल छ । एक्सेसमा परामर्श लिएर क्यानडा जाने विद्यार्थीको संख्या पनि बढिरहेको छ ।

एक्सेसबाट विदेश गएका विद्यार्थीको प्रतिक्रिया कस्तो छ ?
उच्च शिक्षा अध्ययनका लागि यहाँबाट गएका विद्यार्थीहरु पूर्ण सन्तुष्ट हुनुहुन्छ । हाम्रो सफलता भनेकै यहाँबाट गएका विद्यार्थीहरुले हामीलाई राम्रो फिड्ब्याक दिनु हो । यहाँबाट विदेश गएका विद्यार्थीले आफ्नो आफन्त तथा साथीभाइलाई एक्सेसमार्फत नै परामर्श लिएर विदेश आउन सुझाव दिने गरेको पाउँछौं ।

पोखरामा एक्सेस एजुकेसन फेयर आयोजना गर्नुको उद्देश्य के हो ?
उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, न्युजिल्याण्ड र क्यानडा जान इच्छुक विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी भदौ २१ (सेप्टेम्बर ६) गते बिहीबार ‘एक्सेस एजुकेसन फेयर’ आयोजना गरेका हौं । सिटी स्क्वायर बैंक्युट न्युरोडमा आयोजित फेयरको तयारी अन्तिम चरणमा पुगेको छ । अष्ट्रेलिया, न्युजिल्याण्ड र क्यानडाका करिब २६ वटा युनिभर्सिटी तथा कलेजका प्रतिनिधि फेयरमा सहभागी हुनेछन् । विद्यार्थीका लागि फेयर निकै उपलब्धीपूर्ण हुनेछ । उत्कृष्ट कलेज तथा युनिभर्सिटीका प्रतिनिधि सहभागी हुने हुँदा विद्यार्थीहरु फेयरबाट लाभान्वित हुनेछन् । एउटै स्थानमा धेरै कलेज तथा युनिभर्सिटीका प्रतिनिधिलाई प्रत्यक्ष भेटेर सही परामर्श लिने अवसर मिल्नेछ ।

फेयरका विशेषता केके छन् ?
अष्ट्रेलिया, न्युजिल्याण्ड र क्यानडा गएर कुन कलेज तथा युनिभर्सिटीमा कुन विषय पढ्दा भविश्य राम्रो हुन्छ ? करियर कस्तो हुन्छ ? पिआर लिने प्रक्रिया के छ ? जानका लागि के कस्ता प्रक्रिया छन् ? डकुमेन्टेसन कस्तो हुनुपर्छ ? लगायतका प्रश्नको सही जवाफ फेयरमा विद्यार्थीलाई जानकारी दिइनेछ । स्पट एसेसमेन्टको सुविधा समेत रहेको फेयरमा विद्यार्थीलाई स्कलरसिपको सुविधा पनि उपलब्ध गराइनेछ । फेयरमा सहभागी विद्यार्थीलाई आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था गरिएको छ । फेयरमा सहभागी भइ सही परामर्श लिने अवसर विद्यार्थीले पाउनेछन् ।

You might also like

Comments are closed.