एक्स्पर्टको आयोजनामा अन्तर कलेज निवन्ध प्रतियोगिता

आर्थिक आवाज
पोखरा, १ असोज ।

पोखराको सिद्धार्थचोकमा रहेको एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसको आयोजनामा अन्तरकलेज निवन्ध प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पोखराका विभिन्न कलेजका २१ जना विद्यार्थी सहभागी भएको एक्स्पर्टका पब्लिक रिलेसन अफिसर तथा बजार प्रमुख विष्णुप्रसाद गौतमले जानकारी दिए ।

‘वैदेशिक शिक्षाः अवसर र चुनौति’ विषयमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको नतिजा असोज ८ गते एक्स्पर्टको सभाहलमा हुने ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन सेमिनार’का अवसरमा सार्वजनिक गरिने एक्सपर्टका सञ्चालक रमेश थापाले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ । प्रतियोगितामा सहभागी अन्य विद्यार्थीलाई पनि अवार्ड प्रदान गरिने बताइएको छ ।

यसैबीच, पोखराका ३८ वटा कलेजका उत्कृष्ट विद्यार्थीलाई एक्स्पर्टले सेमिनारकै अवसरमा सम्मान गर्ने भएको छ । उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गर्ने लक्ष्यले नगद, मेडल र प्रमाणपत्रले सम्मान गर्न लागिएको थापाले जानकारी दिए । सेमिनारमा अष्ट्रेलियाका १५ भन्दा धेरै युनिभर्सिटी तथा कलेजका प्रतिनिधि सहभागी हुने थापाले बताए ।

You might also like

Comments are closed.