एक्स्पर्टको सेमिनार सम्पन्न, निबन्धमा सुस्मिता प्रथम, कलेज उत्कृष्ट विद्यार्थीलाई अवार्ड

आर्थिक आवाज
पोखरा, ८ असोज ।

पोखराको सिद्धार्थचोकमा रहेको एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसको आयोजनामा ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन सेमिनार’ सोमबार सम्पन्न भएको छ । एक्स्पर्टकै कार्यालयस्थित हलमा सेमिनार भएको हो । २ सय जना भन्दा बढी विद्यार्थी सेमिनारमा सहभागी भएको प्रवन्ध निर्देशक रमेश थापाले जानकारी दिए ।

सेमिनारमा अष्ट्रेलियाका १५ भन्दा धेरै युनिभर्सिटी तथा कलेजका प्रतिनिधि सहभागीता थिए । ‘अष्ट्रेलियाका उत्कृष्ट युनिभर्सिटी तथा कलेजका प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष भेट्ने अवसर पाएका छन्,’ उनले भने, ‘उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि सेमिनार निकै उपयोगी बनेको छ ।’
सेमिनारमा अष्ट्रेलियाबाट आएका दक्ष काउन्सिलरहरुले परामर्श प्रदान गरेका थिए । एक्सपर्टका प्रमुख कार्यकारी अधिकृत सञ्जिब शर्मा, मेल्वन डाइरेक्टर सरोज शर्मा, एडिलेडका डाइरेक्टर रुपक बर्तौंला, कन्ट्रि म्यानेजर सरदराज पाठकसँग समेत विद्यार्थीले प्रत्यक्ष भेटेर परामर्श लिएका छन् । भिजा पोलिसी, अष्ट्रेलियाको पिआर लिने प्रक्रियाका बारेमा समेत सेमिनारमा कक्षा लिइएको थियो ।

३८ जना विद्यार्थीलाई अवार्ड
समय समयमा विभिन्न सामाजिक गतिविध सञ्चालन गर्दै आइरहेको एक्स्पर्ट पोखराले ३८ जना विद्यार्थीलाई अवार्ड प्रदान गरेको छ ।
पोखरा क्षेत्रमा रहेका ३८ वटा कलेजका उत्कृष्ट विद्यार्थीलाई सेमिनारकै अवसरमा अवार्ड प्रदान गरिएको थापाले जानकारी दिए । ‘उत्कृष्ट विद्यार्थीलाई शिक्षामा अझ प्रोत्साहन गर्न अवार्ड प्रदान गरिएको हो,’ उनले भने ।

निवन्ध प्रतियोगिताको उपाधि सुस्मिता गुरुङलाई
एक्स्पर्ट पोखराको आयोजनामा गत साता आयोजित निबन्ध प्रतियोगिताको उपाधि नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजकी सुस्मिता गुरुङले जितेकी छन् । वैदेशिक शिक्षा, अवसर र चुनौति विषयमा आयोजित उक्त प्रतियोगितामा गण्डकी बोर्डिङ स्कुलका नविन पौडेल द्वितीय र मदरल्याण्डका सुजन दर्ज तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीयलाई क्रमस नगद १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र ५ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थापाले जानकारी दिए । सहभागी अन्य १८ जनालाई पनि अवार्ड प्रदान गरिएको छ ।

You might also like

Comments are closed.