एक्स्पर्टद्वारा २ लाख डलरको ‘कोभिड–१९ सहयोग कोष’ स्थापना

पोखरा । एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले २ लाख डलरको ‘कोभिड–१९ सहयोग कोष’ स्थापना गरेको छ । आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा कोष स्थापना गरिएको प्रमुख कार्यकारी अधिकृत सञ्जिव शर्माले जानकारी दिए ।

कोरोना भाइरसको कारण अष्ट्रेलियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई पर्नसक्ने समस्याहरुमा सहयोग पुर्याउने उद्देश्यले कोष स्थापना गरिएको हो । एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको परोपकारी गतिविधिका लागि सञ्चालित संस्था एक्स्पर्ट फाउन्डेसनले उक्त कोष स्थापना गरेको हो ।

‘यो निर्णयले कोरोनाबाट प्रभावित अन्तर्रास्ट्रिय विद्यार्थीहरुलाइ केही हदसम्म भएपनि सहयोग पुग्ने हामीले आशा गरेका छौं,’ शर्माले भने । यो विषम परिस्थितिमा जसले जहाँबाट सकिन्छ त्यहीबाट सहयोग गर्नुपर्ने दायित्व रहेको एक्स्पर्ट पोखरा शाखाका निर्देशक रमेश थापाले बताए । ‘एक्स्पर्टले कोष स्थापना गर्नु निकै राम्रो काम हो,’ उनले भने ।

You might also like

Comments are closed.