एक्स्पोको आज दोस्रो दिन, लोपोन्मुख सांस्कृतिक कार्यक्रम आकर्षण

आर्थिक आवाज
पोखरा, १४ मंसिर । पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको सफल एक्स्पो पोखराको आज (शुक्रबार) दोस्रो दिन विविध कार्यक्रम प्रस्तुत हुने भएका छन् । शुक्रबारबाट विद्यालयस्तरीय एकल र सामूहिक नृत्य प्रतियोगिता सुरु हुने महासचिव अर्जुन पोखरेलले जानकारी दिए ।

लोकगीत प्रतियोगिता, लोपोन्मुख साँस्कृतिक कार्यक्रमका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु शुक्रबार आयोजना हुने सांस्कृतिक कार्यक्रम संयोजक केशव खत्रीले जानकारी दिए । मेलाको बिहीबार मुख्यमन्त्री पृथ्वी शुब्बा गुरुङले उद्घाटन गरेका हुन् ।

मेलामा करिब ३ सय स्टल छन् । एक्स्पो अवलोकन गरी सल्लाह तथा सुझाव दिन संघका अध्यक्ष दामु अधिकारीले आग्रह गरे ।

You might also like

Comments are closed.