एक्स्पो पोखराको आज तेस्रो दिन, शनिबार दर्शकको अत्यातिक भिड लाग्ने आयोजकको विश्वास

आर्थिक आवाज
पोखरा, १५ मंसिर । पोखराको नयाँबजार आयोजित ‘सफल एक्स्पो पोखरा साथमा तेस्रो मोवाइल मेला– २०७५’ जारी छ । एक्स्पोको तेस्रो दिन शनिबार दर्शकहरुको अत्याधिक भिड लाग्ने आयोजकको विश्वास छ । शनिबार लोकदोहोरी गायकहरु बसन्त थापा, चोलेन्द्र पौडेल, तारापति सुवेदी, घनश्याम रिजाल, सरस्वती लामिछाने, राजन कार्की, अमर धिताल, सरला पाण्डे, प्रेमराज अधिकारी, कल्पना आले, जुना क्षेत्रीको प्रस्तुति रहने आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलले जानकारी दिए ।

हास्य प्रहसनतर्फ पोखरेली माग्ने बूढा र धुर्मुसले दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नेछन् । पप तथा आधुनिक गीततर्फ माण्डवी त्रिपाठीको दमदार प्रस्तुति रहनेछ । लोकदोहोरी प्रतियोगिताको विजेताले ५१ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार प्राप्त गर्नेले क्रमशः ३१, २१ र ११ हजार प्राप्त गर्नेछन् ।

लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने नाराका साथ आयोजना भएको सफल एक्स्पो पोखरा साथमा तेस्रो मोवाइल मेला आउँदो मंसिर २४ गतेसम्म जारी रहनेछ ।

पोखरा उद्योग वाणिज्य संघको आयोजना एवं पोखरा महानगरपालिका, पोखरा उपत्यका नगर विकास समितिको सहयोग, लक्ष्मी समूहको मूख्य प्रायोजन, नेपाल पर्यटन वोर्ड सहित आइएमई ग्रुपको प्रवद्र्धनमा एक्स्पो आयोजना भएको हो । एक्सपोलाई हिमायलयन डिष्टिलरी प्रालि, गरिमा विकास बैंक, सगरमाथा इन्स्योरेन्स कम्पनी प्रालि, होटल लेक सोर, टुडे मिनिरल वाटर, हन्सराज हुलासचन्द सन्स, हरपल चामल, हिमालयन जनरल इन्स्योरेन्स प्रालि, गण्डकी टे«ड हाउसको पिजो मोटर्स, सगरमाथा इन्स्योरेन्स प्रालि, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंक, पोखरा इन्टरनेट, फर्निचर ल्याण्ड, बबिन टेलरिङ एण्ड लेडिज कलेक्सन, बोटलर्स नेपाल तराई प्रालिको कोकाकोला, गृहलक्ष्मी ग्याँस कम्पनी प्रालिबाट विभिन्न विधा तथा नेपाल जनरल मार्केटिङ प्रालिको तर्फबाट हिरो ड्युट बम्बर उपहारको रुपमा प्रायोजन गरेका छन् ।

एक्स्पोमा पोखरा औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुका उत्पादन, मेड इन नेपाल पेभेलियन, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन, दैनिक उपभोग्य खाद्यबस्तु र लत्ताकपडा, पुष्प, हस्तकलाका सामग्री, अटो महिला उद्यमीका उत्पादन लगायतका ३ सयवटा स्टल छन् ।

You might also like

Comments are closed.