एक चार्जमा ४८० किलोमिटर चल्ने कियाको यस्तो इलेक्ट्रिक कार, जुन छिट्टै नेपाल आउँदैछ

काठमाडौं । कियाको विद्युतीय कार निरो इभी नेपाली बजारमा आउने भएको छ । नेपालका लागि कियाको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले सो कार नेपाली बजारमा ल्याउने बताएको छ । यद्यपि कुन दिन ल्याउने ठ्याक्कै मिति भने तोकेको छैन ।

यसलाई सिंगल चार्जमा ४ सय ८० किलोमिटरसम्म गुडाउन सकिन्छ । नेपालमा आयो भने यो पहिलो प्रिमियम एसयूभी हुनेछ, जसलाई एक पटकको चार्जमा ४ सय ८० किलोमिटर सम्म गुडाउन सकिने छ ।

किया निरोमा ४०.३ केजीएमको अत्याधुनिक भेइकल पावरट्रेन उपलब्ध छ, जसले २०४ एचपी पावर दिन्छ । यसमा ६४ किलोवाट आवरको लिथियम पोलिमर ब्याट्रियुक्त इलेक्ट्रिक मोटर छ ।

यसमा उपलब्ध १०० किलोवाट चार्जरबाट ५४ मिनेटमै ८० प्रतिशत ब्याट्री चार्ज हुन्छ । सो कारले ७.८ सेकेन्डमै शून्य देखि एक सय किलोमिटर सम्मको गति लिन सक्छ । यसलाई इको, कम्फर्ट र स्पोर्ट गरी तीन ड्राइभ मोडमा चलाउन सकिन्छ । किया निरो ईभी सन् २०१८ मा मात्र अन्तर्राष्ट्रिय बजारमा उपलब्ध भएको हो । यो कार नेपालमा आयो भने इलेक्ट्रिक कारको बजारमा अर्को प्रतिस्पर्धा हुनेछ ।

You might also like

Comments are closed.